default_image

2 years ago

September 20, 2023

च्याम्पियन्स लिगमा बार्सिलोनाको गोलवर्षा

1017 views

0 Bookmark

एजेन्सी – पहिलोपटक च्याम्पियन्स लिग समूह चरणमा स्थान बनाएको बेल्जियन लिग विजेता टोली रोयल एन्टवर्प विरुद्ध फराकिलो जित निकाल्दै बार्सिलोनाले सुखद सुरुवात गरेको छ ।

समूह ‘एच’मा रहेको बार्सिलोनाले एन्टवर्पलाई ५-० ले हराएको हो । बार्सिलोनाको जितमा जोआओ फेलिक्सले दुई तथा रफिन्हा, रोबर्ट लेवान्डोस्की र गाभीले १-१ गोल गरे ।

जोआओ फेलिक्सले बार्सिलोनालाई खेलको ११औं मिनेटमा नै अग्रता दिए । लगातार दोस्रो खेलमा गोल गर्ने क्रममा उनले गुण्डोगानको पासको सदुपयोग गर्दै सुन्दर गोल गरे । १९औं मिनेटमा भने फेलिक्सले गोलको अवसर निर्माण गरे । उनको क्रसमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

तीन मिनेट पश्चात नै बार्सिलोनाको अग्रता तेब्बर भयो । रफिन्हाले क्रस गर्न खोजेको बल जेल्ले बाटाइललाई लागेर पोस्ट भित्र जान पुग्दा बार्सिलोनाले आत्मघाती गोल उपहार पाएको थियो ।

५४औं मिनेटमा गाभीले अर्को गोल थपे । उनी बक्सको बायाँ तर्फ बाट राम्रो प्रहार गर्दै गोल गर्न सफल भागेका थिए । ६६औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गरे । रफिन्हाको सुन्दर क्रसमा फार-पोस्टमा हेड मार्फत गोल गर्दै उनले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे ।

सोही समूहमा रहेको एफसी पोर्टोले गएराति नै शाख्तर डोनेट्स्कलाई ३-१ ले हराउदै समूहमा तीन अंक जोड्न सफल भएको छ ।

च्याम्पियन्स लिगमा आज राती समूह ए, बि, सि र डी का साथ खेल हुँदैछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.