2 years ago
September 20, 2023
एजेन्सी – च्याम्पियन्स लिगमा २० वर्ष पछि फर्किएको न्युक्यासल युनाइटेडले गत वर्ष सेमिफाइनल पुगेको बलियो प्रतिद्वन्द्वी एसी मिलान सँग गोलरहित बराबरी खेलेको छ ।

लामो समय पछि फर्किएको इंग्लिश टोली निकै कठिन समूहमा परेको छ । तर न्युक्यासलले मिलानको चुनौतीलाई पार गर्दै मध्यम सुरुवात गरेको हो । खेलको अधिकांश समय आक्रमणमा मिलानको वर्चस्व रह्यो ।
१३औं मिनेटमा पोबेगाको लामो दुरीबाट लिएको प्रहारमा न्युक्यासल गोलरक्षक निक पोपले राम्रो बचाउ गरे । एक मिनेट पछि नै ओलिभियर जिरुडको प्रहारमा फेरिपनि पोप बाधक बने । १९औं मिनेटमा थियो हरनान्डेजको राम्रो प्रहार फेरिपनि पोपले बचाए ।
३२औं मिनेटमा जिरुडको प्रहार पोस्टको केही टाढा बाट बाहिरियो । ३४औं मिनेटमा पोवेगाको अर्को प्रहार जेकब मर्फिले गोललाइनबाट क्लियर गरे । ७४औं मिनेटमा राफाएल लेआओको हेडर पोपको पोस्ट भन्दा केही माथिबाट मात्र बाहिरियो ।
दोस्रो हाफमा पनि मिलानले नै प्रभुत्व जमायो । तर खेलको अन्तिमतिर न्युक्यासल केही मौकाहरु सृजना गरेको थियो । खेलको अन्तिम तिर एलियट एन्डरसनको प्रहारलाई मिलानका गोलरक्षक स्पोर्टेलियोले राम्रो सेभ गरेका थिए ।
बराबरी पछि दुवै टोलीले एक-एक अंक बाँडेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]