2 years ago
September 20, 2023
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ई को खेलमा लाजियोका गोलरक्षक इभान प्रोवेदेलले इन्ज्युरी समयमा गोल गर्दा एटलेटिको म्याड्रिड जितबाट बन्चित भएको छ ।

खेलको ९५ औं मिनेटमा प्रोवेदेलले हेडरमार्फत गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको हो । एटलेटिकोले खेलको २९ औं मिनेटमा पाब्लो बारियोसको गोलमा अग्रता लिएको थियो ।
त्यसपछि अल्भारो मोराटाको अग्रता दोब्बर बनाउने प्रयासमा गोलरक्षक प्रोवेदेल नै बाधक बने । तर इन्ज्युरी समयमा उनले लुइस अल्बर्टोको कर्नरमा हेडरमार्फत गोल गरेका हुन् ।
प्रोवेदेल च्याम्पियन्स लिगमा गोल गर्ने चौथो गोलरक्षक बने । यसअघि जोर्ग बट (पेनाल्टीमा ३ गोल), सिनान बोलाट (२००९) र भिन्सेन्ट एनेयामा (२०१०) ले गोल गरेका थिए ।
यसै समूहको अर्को खेलमा फेयनुर्डले सेल्टिकलाई २-० ले हराएको थियो । दोस्रो हाफमा सेल्टिकका २ खेलाडीले रातो कार्ड खाँदा डच टोलीको जित सहज भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]