default_image

9 months ago

September 20, 2023

साफ यू-१९ का लागि नेपाल तयार

850 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१९ च्याम्पियनसिपका लागि नेपालको २३-सदस्यीय अन्तिम टोलीको टुङ्गो लागेको छ । एन्फाले बुधबार प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेको हो ।

गत सातादेखि बन्द प्रशिक्षणमा रहेको २५ सदस्यीय टोलीबाट मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले निशान तामाङ र निरज कार्कीलाई बाहिर राख्दै टोलीको घोषणा गरेका हुन् । यी दुई खेलाडीलाई स्ट्यान्डबाइ खेलाडीको रुपमा राखिएको एन्फाले जनाएको छ । नेपाली टोलीको कप्तानी गोलकिपर जियारत शेखले गर्नेछन् । उनले ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए ।

नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् भने समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ गते ५:३० बजे पहिलोपल्ट यु-१९ साफ खेलिरहेको पाकिस्तानसँग खेल्नेछ ।

नेपाल पहिलो संस्करणको विजेता टोली हो । सन् २०१५ मा नेपालले भारतलाई हराउँदै उपाधि जित्दा वर्तमान प्रशिक्षक श्रेष्ठ त्यसबेला बालगोपाल महर्जनको प्राविधिक टोलीमा सहायक प्रशिक्षक थिए ।

साविक विजेता भारत र बंगलादेशबीचको खेल सोहि दिन दशरथ रंगशालामा दिउँसो १ः३० बजे सुरु हुनेछ । समूह ‘बी’ मा भारत र बंगलादेशसँगै भुटान छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यसअघिका चार संस्करण नेपाल र भारतले मात्र जितेका छन् । नेपाल र भारत दुवैले यसअघि दुई-दुई पटक साफ यू–१९ च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपालले २०१५ र २०१७ मा उपाधि जितेको थियो भने भारतले २०१९ र २०२२ मा उपाधि जितेको थियो ।

२३ सदस्यीय अन्तिम टोली

गोलकिपर – जियारत शेख, रविन बोगटी, अमित तामाङ

डिफेन्डर – सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु), गौरव महर्जन

मिडफिल्डर – कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट, नेल्सन तामाङ

फरवार्ड – समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी

June 13, 2024

यु-२० एशियन कप: नेपाल समूह ‘बी’ मा  

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी यू–२० एसियन कप २०२५ छनोटको समूह ‘बी’ मा परेको छ । एएफसीको मुख्यालय क्वालालम्पुरमा बुधबार भएको ड्र समारोहमा नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् । नेपालको समूहका खेलहरू सेप्टेम्बरमा चाइनिज ताइपेईमा हुनेछन् । नेपाली टोलीले छनोट खेल्न अघि […]

June 13, 2024

नेपाल, जापान र कतार एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल एसियाली महारथी जापान र कतारसँगै एकै समूहमा परेको छ । बिहीबार भएको ड्र पछि नेपाल छनोटको समुह एफ मा परेको हो । समूहमा नेपालसँगै जापान र कतार बाहेक मंगोलिया रहेको छ । यस समुहका सबै खेल कतारले आयोजना गर्नेछ । छनोटका खेल आउँदो अक्टोबर महिनामा […]

June 12, 2024

यु-२० साफ: उद्दघाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आउँदो अगस्ट १६ देखि २८ सम्म हुने साफ यु-२० पुरुष च्याम्पियनसिपको उद्दघाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधवार सार्वजनिक गरेको तालिकामा नेपालले उद्दघाटन खेलमा श्रीलंका विरुद्ध खेल्ने भएको हो । समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध अगस्ट १९ मा […]

Success

Thank you for your time.