default_image

9 years ago

January 18, 2017

एपिएफलाई हराउँदै धरान आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

93 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– धरान फुटबल क्लब आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । विभागिय टोली एपिएफलाई १–० ले हराउँदै धरान दोस्रो पटक आहा रारा गोल्डकपको दोस्रो चरणमा पुगेको हो । धरानले माघ ९ गते लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग क्वार्टरफाइनलमा खेल्नेछ ।

mom
दीपक राईले थप समयमा गरेको गोलमा धरानले अन्तिम आठको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप समयको १५ औं मिनेटमा दीपकले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए ।विल्सन  कङदङ्वाको पासमा दीपकले दोस्रो बारमा गोल गरेका थिए । यसअघि आहा राराको चौथो संस्करणमा पनि यी दुई टोलीबीचको निर्धारित र थप समय २–२ को बराबरीपछि टाइब्रेकरमा एपिएफ विजयी भएको थियो ।

अघिल्ला दुई संस्करणमा भाग नलिएको धरानले १२ औं संस्करणमा मात्र पहिलो खेल जितेको थियो । १३ औं सहभागितामा धरान दोस्रो चरण पुगेको यो दोस्रो पटक हो । छैटौं संस्करणको फाइनल खेलको एपिएफ लगातार तेस्रो पटक पहिलो चरणबाट बाहिरिएको छ । दुवै टोलीले निर्धारित समयमा गोलका केही अवसर पाएर पनि गोल गर्न सनेका थिएनन् ।

आहा रारा गोल्डकपमा बिहीबारको खेल
एएनए अमेरिका फुटबल टिमविरुद्ध झापा ११

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.