2 years ago
September 21, 2023
काठमाडौं (हाम्रोखेलकुद) – उमेर समूहको साफ यु-१९ च्याम्पियनशिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । घरेलु टोली नेपालले आज पाकिस्तानसँग खेल्दैछ । पाकिस्तानले पहिलो पटक उमेर समूहमा सहभागिता जनाउँदै छ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका ५ः३० बजे दशरथ रंगशालामा सुरु हुने छ।सन् २०१५ र २०१७ को विजेता नेपाल यसपाली पनि घरेलु भूमिमा उपाधि उचाल्न चाहन्छ।
यस्तै प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र बंगलादेश भिड्दै छन् । भारत र बंगलादेशबीचको खेल दिउँसो १ः३० बजे दशरथ रंगशाला मै हुने छ। भारतले पछिल्लो संस्करण सहित दुई पटक यो प्रतिगोगिता जितेको छ। अरु कुनै साफ राष्ट्रले अहिलेसम्म उपाधि हात पार्ने सकेको छैनन्।
नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् भने समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
२३ सदस्यीय नेपाली टोली :
गोलकिपर – जियारत शेख, रविन बोगटी, अमित तामाङ
डिफेन्डर – सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु), गौरव महर्जन
मिडफिल्डर – कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट, नेल्सन तामाङ
फरवार्ड – समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकार
प्रशिक्षक- सुनिल श्रेष्ठ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]