2 years ago
September 21, 2023
काठमाडौं (हाम्रोखेलकुद) – भारतले साफ यू-१९ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले पराजित गरेको हो। भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन्।

भारतले खेलको पहिलो मिनेट मै अग्रता लिएको थियो । गुग्मसार गोयारीले दाया फ्ल्यान्कबाट आएको क्रसलाई नियन्त्रणमा लिएर सहजै गोल गरेका थिए। पहिलो मिनेटमै गोल खान पुगेको बंगलादेशले भने त्यस्पछि बल पोसेसन राख्दै अवसरहरु सिर्जना गर्यो।
नवौ मिनेटमा बंगलादेश बराबरी गर्नको निकै नजिक पुगेको थियो । मोइनुल इस्लामको बक्स बाहिरबाट लिएको सट भारतका गोलकिपर लियोनेल रिम्मेटले सुन्दर बचाऊ गर्दा बल पोस्टमा लाग्न पुग्यो । ४०औ मिनेटमा राजु अहमदको प्रहार पनि क्रसबारमा लागेर फर्किएको थियो।
बंगलादेश बराबरीको नजिक आइरहदा उता भारतले भने पहिलो हाफको अन्तिम समयमा अर्को गोल गर्यो। नाओबा पंगमबमले बंगलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर सुन्दर फिनिश गर्दा भारत पहिलो हाफमा २-० ले अघि थियो।
पहिलो गोल खाएपछि सोधरिएको प्रदर्शन गरेको बंगलादेशलाई दोस्रो गोल खाएपछि भने खेलमा स्पष्ट अवसरहरू सृजना गर्न सफल रह्यो र खेलमा फर्किन सकेन।
भारतले भने खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुन सिंह ओइनामले खेलको ९० औं मिनेटमा तेस्रो गोल गरेका थिए। जितसँगै भारतले समूह बी मा तीन अंक जोड्न सफल भएको छ। समूह बी मा भारत र बंगलादेश बाहेक भुटान रहेको छ।
प्रतियोगिताको दोस्रो खेलमा आज साँझ ५ः३० बजे घरेलु टोली नेपालले पाकिस्तानको सामना गर्दै छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]