default_image

2 years ago

September 21, 2023

जियारथको उत्कृष्ट प्रदर्शनमा पहिलो हाफ गोलरहित बराबरी

1609 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा गोलरक्षक जियारथ शेखको उत्कृष्ट प्रदर्शनमा साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको छ । दशरथ रंगशालामा दुवै टोलीले ४५ औं मिनेटको अन्तरालमा गोलका अवसरहरूको सदुपयोग गर्न नसक्दा पहिलो हाफको खेल गोलरहीत बराबरीमा सकिएको छ ।

पहिलो हाफमा गोल गर्न नसकेपनि पाकिस्तानको दबदबा रह्यो । पाकिस्तानले नेपाल भन्दा बढी अवसरहरू सृजना गरेको थियो। तर नेपालका गोलरक्षक र कप्तान जियारथ शेखले उत्कृष्ट बचाउका साथ नेपाललाई गोल खानबाट बचाएका थिए ।

११ औं मिनेटमा नेपाली फरवार्ड समीर तामाङले बक्स भित्रबाट गरेको प्रहार पोस्ट केही माथिबाट बाहिरिएको थियो । १४ औं मिनेटमा पाकिस्तानी फरवार्ड मोहम्मद आदिलको प्रहारले पोस्टको दिशा लिन सकेन।

२७ औं मिनेटमा शाह जहांनको फ्रि(किक नेपालका गोलरक्षक जियारथ शेखले उत्कृष्ट बचाउ गर्दै पोस्ट बाहिर फालिदिएका थिए ।

३३औं मिनेटमा पाकिस्तानले केही सेकेन्डमै दुई ओटा अवसर पयो। मोहम्मद आदिलको प्रहार शेखले बचाएपछि मोहम्मद हरूनले पाएको मौकामा बललाई पोस्ट भन्दा माथि प्रहार गरेका थिए ।

त्यसको एक मिनेट पछि नै आदिलले वान भर्सेस वानको अवसरमा गोल गर्नबाट चुकेका थिए । उनको अगाडि गोलकिपर शेख मात्र थिए तर उनको प्रहार पोस्टभन्दा केही टाढाबाट बाहिरियो।

४०औं मिनेटमा शाह जहांनको लामो दुरीबाट लिएको प्रहारमा पनि शेखले राम्रो बचाउ गरे। ४५ औं मिनेटमा मोहम्मद हरुनको बक्स भित्रबाट लिएको प्रहार पोस्टको केही माथिबाट बाहिरियो। प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.