default_image

2 years ago

September 21, 2023

नेपाल पाकिस्तानसँग पराजित

4843 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – घरेलु टोली नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० को गोल अन्तरले पराजित भएको हो । पाकिस्तानी मिडफिल्डर अली जफरको उत्कृष्ट गोलको मद्दतले पाकिस्तानले महत्वपूर्ण ३ अंक जोडेको छ ।

खेलमा नेपालको प्रदर्शन सोचेजस्तो राम्रो हुन सकेन । नेपालको आक्रामण खेल पुरै समय नै फितलो रह्यो । उता पाकिस्तानले भने धेरै अवसरहरु सृजना गरको थियो। पहिलो हाफमा पाकिस्तानको दबदबामा राखेपनि गोल गर्न सकेको थिएन ।

पाकिस्तानले नेपाल भन्दा बढी अवसरहरू सृजना गर्दै घरेलु टोली नेपाललाई निरन्तर दबाबमा राखेको थियो । तर नेपालका गोलरक्षक र कप्तान जियारथ शेखले पाकिस्तानलाई गोल गर्नबाट निरन्तर रोकेका थिए ।

११ औं मिनेटमा नेपाली फरवार्ड समीर तामाङले बक्स भित्र बाट गरेको प्रहार पोस्ट केही माथिबाट बाहिरियो । १४औं मिनेटमा पाकिस्तानी फरवार्ड मोहम्मद आदिलको प्रहारले पोस्टको दिशा लिन सकेन । २७औं मिनेटमा शाह जहांनको फ्रि-किक नेपालका गोलरक्षक जियारथ शेखले उत्कृष्ट बचाउ गर्दै पोस्ट बाहिर फालिदिए।

३३औं मिनेटमा पाकिस्तानले केही सेकेन्डमै दुई ओटा अवसर पायो। मोहम्मद आदिलको प्रहार शेखले बचाएपछि मोहम्मद हरूनले पाएको मौकामा बललाई पोस्ट भन्दा माथि प्रहार गरे।

त्यसको एक मिनेट पछि नै आदिलले वान भर्सेस वानको अवसर खेरा फाले। उनको अगाडि गोलकिपर शेख मात्र थिए तर उनको प्रहार पोस्टभन्दा केही टाढाबाट बाहिरियो। ४०औं मिनेटमा शाह जहांनको लामो दुरीबाट लिएको प्रहारमा पनि शेखले राम्रो बचाउ गरे।

४५औं मिनेटमा मोहम्मद हरुनको बक्स भित्रबाट लिएको प्रहार पोस्टको केही माथिबाट बाहिरियो। ५३औं मिनेटमा नेपालका दीपक थापा मगरको हेडरले पोस्टको दिशा लिन सकेन।

७६औं मिनेटमा पाकिस्तानले खेलमा अग्रता लियो। अलि जफरले लामो दुरीबाट गरेको प्रहारले जियारथ शेखको पहुँचभन्दा टाढा टप कर्नरमा जाली चुमेको थियो। अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो। थपिएको समयको पहिलो मिनेटमा आयुष तिम्सिनाको लामो दूरीको प्रहार नै नेपालको बराबरी गर्ने एकमात्र अवसर रहन पुग्यो।

नेपालको आएको खेल माल्दिभ्ससँग सेप्टेम्बर २५ मा हुनेछ। त्यसअघि माल्दिभ्सले सेप्टेम्बर २३मा पाकिस्तानको सामना गर्ने छ। समूह बी अन्तर्गत यस अघि प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो। यस समूहमा भारत र बंगलादेश बाहेक भुटान रहेको छ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्ने छन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.