2 years ago
September 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ फुटबल टोलीमा मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले साफ च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग हारपछि सोचे अनुसार खेल्न नसकेको बताएका छन् । बिहीबर दथरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

हारपछि टोलीका मुख्य प्रशिक्षक श्रेष्ठले सोचे अनुसार खेल खेल्न नसकेको बताए । ‘आज हामीले जति सोचेका थियौं त्यस्तो खेल भएन । खेलाडीहरु सबैले मिहिनेत त गरेको थियो । मिहिनेत गर्दा गर्दै पनि भएन । अर्को खेलमा हामी गछौं’, श्रेष्ठले भने ।
‘हामीसँग प्यान बी नभएको होईन । हामीले आशा गरेको दुई जना खेलाडीले राम्रो खेल्न सकेन । बराबर हुँदा प्यान बी मा खेल्न जान ढिलो भएको थियो’, उनले भने ।
पाकिस्तानले पहिलो पटक साफमा यू-१९ प्रतियोगिता खेलेको हो । नयाँ टोलीहरु हुँदा उनीहरुको खेल पढ्न नपाएको बताए । ‘नयाँ टोलीसँग खेल्दा उनीहरुको खेल खेल्दा पढ्न पाएको थिएन । हाम्रो पनि पहिलो खेल हो । सबै नयाँ खेलाडीहरु छ । त्यसैले टिम मिल्न पनि गाह्रो भयो’, उनले भने ।
खेलको ७६औं मिनेटमा पाकिस्तानका अली जफरले लामो दुरीबाट गरेको प्रहारले जियारथ शेखको पहुँचभन्दा टाढा टप कर्नरमा जाली चुमेको थियो। अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो ।

पाकिस्तानको उक्त गोल अनपेक्षित भएको उनले बताएका छन् । ‘अनपेक्षित सर्ट आयो । गोल रक्षक त्यसमा अली तयार नभएको देखियो ‘ उनले भने ।
गोल रक्षक जियारथ शेखले उक्त समय बाहेक अन्य समय धेरै राम्रो प्रदर्शन गरेका थिए । उनको प्रशिक्षकले तारिफ पनि गरे । ‘पहिला उनले वान भर्सेस वान पनि बचाएका थिए । दोस्रो हाफमा उनीहरुको भएको एकमात्रै आक्रामण भएको थियो । त्यो बचाउन चुक्यौ हामी’ उनले भने ।

पहिलो खेलमा पाकिस्तानसँगको हारले सेमिफाइनलमा पुग्न नेपालले सोमबार माल्दिभ्सलाई हराउनु पर्ने दबाब छ । प्रशिक्षक श्रेष्ठले अहिले नै नेपाल न बाहिरिएको समेत बताए ।
‘अहिले नै हामी समूहबाट आउट भएका छैनौं हामी । माल्दिभ्ससँग खेलेपछि मात्रै हाम्रो टुङ्गो लाग्छ । हामी आउट भएका छैनौं । माल्दिभ्सविरुद्ध हामी प्रतिस्पर्धा गछौं’, उनले भने ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]