default_image

2 years ago

September 22, 2023

एसियाडमा आज नेपालले महिला फुटबल र टेबल टेनिसमा प्रतिस्पर्धा गर्दै

3365 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – एसियाली खेलकुदको १९ औं संस्करण अन्तर्गत उद्घाटन समारोहको अघिल्लो दिन नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदैछ ।

नेपालले आज दिउँसो १:४५ बजे (स्थानीय समय ४ बजे) महिला फुटबलमा भिएतनामको सामना गर्दैछ । समूह डी मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्नेछ । पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन ।

त्यस्तै टेबल टेनिसमा पनि टिम इभेन्टको प्रारम्भिक चरणको खेल आज हुनेछ । महिलातर्फ टिम इभेन्टमा नेपालले विहान ७:४५ बजे सिंगापुरको सामना गर्दैछ । नेपालबाट महिला टोलीमा नविता श्रेष्ठ, सिक्का सुवाल र इभाना थापा छन् ।

त्यस्तै पुरुषतर्फ नेपालले विहान ९:४५ बजे जापानको सामना गर्नेछ । नेपालको पुरुष टोलीमा संयोग कपाली, विलोस श्रेष्ठ र रुविन महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

१९ औं एसियाली खेलकुदको उद्घाटन शनिबार हुँदैछ । हालसम्म नेपालको पुरुष भलिबल टोली प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्य खेलका खेलाडी भने हान्झाउ आउने क्रम जारि छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.