3 months ago
September 22, 2023
एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]
एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो ।
जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका थिए ।
नागल्सम्यान आरबी लाइपजिग र बायर्न म्युनिखका पूर्व प्रशिक्षक हुन् । उनी बायर्नको प्रशिक्षकबाट गत मार्चमा बर्खास्त भएका थिए । गत सिजन लिग र सुपर कप उपाधि दिलाएपनि कमजोर सिजनपछि क्लबले उनलाई पदमुक्त गरेको थियो । उनको स्थानमा थोमस टुचेल अहिले बायर्नमा छन् ।
३६ वर्षीय नागल्सम्यानले आफ्नो प्रशिक्षण यात्रा होफेनहाइमबाट सुरु गरेका थिए। त्यहाँ उनले बुन्डेसलिगामा क्लबलाई तेस्रो स्थान हासिल गराउनका साथै च्याम्पियन्स लिगमा समेत पुराएका थिए ।
त्यसपछि लाइपजिगमा गएका उनले च्याम्पियन्स लोग सेमिफाइनल सम्म क्लबलाई पुर्याएका थिए । बायर्नबाट पहिलो सिजनमै बुन्डेसलिगा जितेका उनी गत मार्चमा भने बर्खास्त भएका हुन् ।
धेरै चोटका कारण २० वर्षकै उमेरमा खेलबाट सन्यास लिएका उनले २०१० मा होफेनहाइमको युवा टोलीबाट प्रशिक्षण सुरु गरेका थिए । उनलाई विश्व फुटबलका उत्कृष्ट युवा प्रशिक्षकमध्य गनिन्छ ।
December 6, 2023
एजेन्सी – लियोनल मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित भएका छन् । मेस्सीले टाइमले एथलिट अफ द इयर घोषित हुने पहिलो पुरुष फुटबल खेलाडी बनेर इतिहास समेत रचेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर २०२२ मा कतारमा तेस्रो पटक फिफा विश्वकप जितेको ३ सय ५२ दिनपछि यो पुरस्कार घोषणा गरिएको हो । फ्रान्सविरुद्धको […]
December 6, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिग फागुन १५ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल क्लब (एन्फा) र सी डिभिजन क्लबबीच सहमति भएको छ । १४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा महासचिव किरण राईको नेतृत्वमा बुधबार भएको संयुक्त छलफलबाट फागुन १५ गतेबाट सी लिग गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका […]
December 6, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा पहिलो स्थानमा रहेको आर्सनलले नाटकीय जित दर्ता गरेको छ । अन्तिम समयमा गोल गर्दै आर्सनलले रोमाञ्चक खेलमा लुटन टाउनमाथि ४-३ को जित हासिल गरेको हो । आर्सनल जितमा डेक्लन राइस नायक भने । उनले इन्जुरी समयको सातौं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे । […]