default_image

2 years ago

September 22, 2023

आयोजक चीनको १६ गोल!

31673 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – आयोजक चीनले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको समूह ए मा मंगोलियालाई १६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

समूह चरणको पहिलो खेल खेलिरहेको चीनले दुवै हाफमा ८-८ गोल गर्दै मंगोलियामाथि सानदार जित दर्ता गरेको हो । चीनको जितमा फरवार्ड वांग शुआंग एक्लैले ५ गोल गरिन् ।

त्यसबाहेक जिनजिन यान, वांग शान्शान, वुरिहुमुला र सिङ झांगले २-२ गोल गरे । लि यान्ची र यांग लिनाले पनि १-१ गोल थपे । खेलको दोस्रो मिनेटदेखि सुरु भएको गोलको सिलसिला इन्ज्युरी समयको दोस्रो मिनेट थपिँदासम्म पनि चलेको थियो ।

आजै भएको महिला फुटबलको खेलमा नेपाल भिएतनामसँग २-० ले पराजित भएको थियो । नेपालकै समूहमा रहेको जापानले बंगलादेशलाई ८-० ले हरायो ।

समूह बी मा चाइनिज ताइपेइले भारतलाई २-१, फिलिपिन्सले हङकङलाई ३-१ तथा दक्षिण कोरियाले म्यानमारलाई २-० ले हरायो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.