default_image

9 years ago

January 18, 2017

सिएमजी भेट्रान फुटबल टोली भारत प्रस्थान

143 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उमेन्द्रमान सिंह र बालगोपाल महर्जनसहित पूर्व खेलाडी सम्मिलित सिएमजी क्लब भेट्रान टोलीले भारतको कोलकातामा आयोजना हुने ‘आठौ कलकता भेट्रान अन्तराष्ट्रिय आमन्त्रण सकर च्यालेन्ज’ भाग लिने भएको छ । प्रतियोगितमा भाग लिन २१ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

vetrans
युनाइटेड भेट्रान कोलकाताको आयोजनमा हुने प्रतियोगिता जनवरी २१ देखी २३ सम्म कलकतास्थित हरिनाबी स्पोर्टीङ्ग क्लबको मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न देशका ८ भेट्रान क्लबले सहभागिता रहने बताइएको छ । सिएमजी क्लबबाट खेल्ने अधिकांश खेलाडी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी छन् ।

पूर्व राष्ट्रिय खेलाडी राजेश मानन्धरको कप्तानीमा रहेको टोलीमा उपेन्द्रमान सिहं, बालगोपालसहित राकेश थापा, चेतनारायण श्रेष्ठ,सौगेश श्रेष्ठ, राजन नेपाली, नरेन्द्र श्रेष्ठ र राजु सिंह महर्जन रहेका छन् । त्यस्तै विजय श्रेष्ठ, अमिर डंगोल, हरिओम श्रेष्ठ,कल्याण खड्की, प्रकाश बैद्य र लक्ष्मण श्रेष्ठ रहेका छन् ।

टोलीको प्रशिक्षकमा जय कृष्ण श्रेष्ठ,रविन्द्र खड्की व्यवस्थापक रहेको छन् । संगारत्न महर्जन, अष्ट कुमार कवे र राजेश जोशी टोलीको अफिलिसयका रुप्मा रहेका छन् । सिएमजी भेट्रान टोलीलाई पुर्व राष्ट्रिय खेलाडी तथा प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल, सिएमजी ग्रुपका प्रबन्ध निर्देशक महेश प्रधान, अखिल नेपाल फुटबल संघ एन्फाका सीइओ इन्द्रमान तुलाधर र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक बिष्टलगायतले बिदाई गरे ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.