default_image

2 years ago

September 24, 2023

बायर्नको जितमा केनको ह्याट्रिक

604 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो ।

बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । ८८ औं मिनेटमा अर्को गोल गर्दै केनले ह्याट्रिक पूरा गरे । यहि सिजन टोटेनहमबाट बायर्न पुगेका केनले बुन्डेस लिगामा ५ खेलमा ७ गोल गरिसकेका छन् ।

साविक विजेता समेत रहेको बायर्नका लागि शनिबार पहिलो गोल चापो मोटिङले चौथो मिनेटमा गरेका हुन् । डि लिटले २९ औं, लिरो सानेले ३८ औं र मेथिस टेलले ८१ औं मिनेटमा गोल गरे । बुन्डेस लिगामा ४ जित र एक बराबरीसहित १३ अंकका साथ बायर्न लिगको शीर्षस्थानमा छ । त्यति नै खेलमा ३ अंक जोडेको बोचुम १४ औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.