default_image

9 years ago

January 18, 2017

रोहितले मनाङबाट खेल्ने

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्दले पोखरामा जारी १५औं आहा! गोल्डकपमा मनाङ मर्स्याङ्दि क्लबबाट खेल्ने भएका छन्।

Rohit Chand

विगत एक वर्षयता चोटका कारण फुटबलबाट बाहिर रहेका चन्दले मनाङबाट खेल्दै मैदानमा पुनरागमन गर्न लागेका हुन्। गत वर्ष मलेसियाको टि टिमबाट खेल्दा घुँडामा चोट बोकेपछि शल्यक्रिया गरेका रोहितले त्यसयता कुनै खेल खेलेका छैनन्।

राष्ट्रिय टिमबाट २०१५को डिसेम्बर महिनामा भएको साफ च्याम्पिएनशिपमा खेलेका रोहित चोटका कारण बङ्गबन्धु, साफ र सोलिडारीटिको उपाधि जितेको टोलीको सदस्य रहेका थिएनन्।

मनाङ्ले यस प्रतियोगिताको क्वार्टरफाइनलमा धरान फुटबल क्लबको सामना गर्दैछ। धरानले बुधबार भएको खेलमा एपिएफलाई १-०ले पराजित गरेको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.