default_image

2 years ago

September 25, 2023

यू १९ साफ – सेमिफाइनल पुग्न नेपाललाई जित्नै पर्ने

1513 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) – घरेलु टोली नेपालले काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपमा सेमिफाइनल पुग्न सोमबार माल्दिभ्सलाई हराउनै पर्नेछ।

दशरथ रंगशालामा शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएसँगै नेपालका लागि अन्तिम चारमा पुग्न जित्नै पर्ने समिकरण बनेको हो ।

नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १–० ले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान २ खेलमा ५ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो १ : ३० बजे दशरथ रंगाशालामा सुरु हुनेछ ।

नेपाल विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा वा बराबरी खेलेको अवस्था नेपाल बाहिरिने छ माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।

समूह बी मा बंगलादेश, भुटान र भारत छन् । समूह बी मा पहिलो खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो । भुटानले बंगलादेशलाई ४-३ को गोल अन्तरले हराएको थियो ।

भारत र भुटान सेमिफाइनल पुगिसकेका छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।सेमिफाइनल बुधबार र फाइनल शनिबार हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.