default_image

2 years ago

September 25, 2023

नेपालको सुरुवाती ११ मा दुई परिवर्तन

1217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्स विरुद्ध दुई परिवर्तन सहित खेल्ने सुरुवाती ११ सार्वजनिक गरेको छ। नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले दोस्रो खेलका लागि आफ्नो सुरुवाती ११ सार्वजनिक गरेका हुन्।

प्रशान्त लक्सम र सुजन डंगोलले सुरुवाती ११ मा कुशल देउवा र हरिस राज भट्टको स्थान लिएका छन्। नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १–० ले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान २ खेलमा ५ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपाल विजयी भएमा सेमिफाइनलमा पुग्नेछ ।

पराजित भएमा वा बराबरी खेलेको अवस्था नेपाल बाहिरिने छ र माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ । नेपालको सुरुवाती ११: जियारथ शेख (कप्तान, गोलकिपर), आयुष तिम्सिना, दीपक थापा मगर, निनसाङ पराङ्देन्, अश्विन घोरासैनी, समीर तामाङ, प्रशान्त लक्सम, निराजन धामी, अनिल बम्जन, सुजन डंगोल, अविनाश स्याङतान

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.