default_image

10 months ago

September 25, 2023

माल्दिभ्समाथि सानदार जितसँगै नेपाल सेमिफाइनलमा

5672 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्समाथि सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालको जितमा समिर तामाङले दुई, प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरे ।

नेपालले १७ औं मिनेटमा पहिलो गोल गरेको थियो । यस प्रतियोगितामा पहिलो पटक सुरुवात-११ मा स्थान बनाएका प्रशान्त लक्समले पहिलो गोल गरेका थिए । दोस्रो गोल समीर तामाङले गर्दै अग्रता बढाएका थिए ।

नेपालले १७ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। लक्समले बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। ३० औं मिनेटमा नेपालको अग्रता दोब्बर भयो। निराजन धामीको थ्रु-पासमा समीर तामाङले गोल गरेका थिए ।

३४ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएपछि १०-१० जनामा सीमित हुन पुग्यो । माल्दिभ्सका कप्तान मोहम्मद हसन र नेपालका सुजन डंगोल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा खेल्नु परेको थियो ।

दोस्रो गोलपछि नेपालका सुजनले माल्दिभ्सका कप्तान हसनलाई अफ बलमा धकलेका थिए । त्यसपछि हसन उठेर जंगिएपछि दुबै खेलाडीले रातो कार्ड खाएका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमा नै नेपालले अग्रता बढाउने मौका प्राप्त गर्यो । लक्समको पासमा समिर तामाङले वान भर्सेस वान अवसर खेरा फालेका थिए ।

५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्कायो । अहमद नजिरको क्रसमा आदम रशिदले गोल गर्दै माल्दिभ्सले नेपालको अग्रता एक गोलमा घटाएको थियो ।

७९औं मिनेटमा माल्दिभ्सले खेल बराबरी गर्ने सुनौलो अवसर खेरा फाल्यो। शहान रशिदको पासमा मोहम्मद फाजिनले पनि वान भर्सेस वान अवसरमा गोल गर्न सकेनन् ।

नेपालको लागि तेस्रो गोल ८८ औं मिनेटमा निराजन धामीले गरेका थिए । प्रशान्तको कटिइनमा निराजनले ६ ट्यापिङ गर्दै जित पक्का गरे । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई सानदार जित दिलाए ।

नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । भारत र भुटान बीच समूह विजेता बन्न ५ : ३० मा खेल हुँदैछ । समूह ए मा पाकिस्तान ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रह्यो । माल्दिभ्स १ अंकका साथ पुछारमा रहेर बाहिरियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.