2 years ago
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले साफ यू१९ च्याम्पियनसिपमा माल्दिभ्समाथिको सानदार जित अपेक्षा अनुसार भएको बताएका छन् । माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

जितपछि उनले नतिजा अपेक्षा अनुसार भएको बताएका छन् । ‘आजको खेल हामीलाई गर वा मरको अवस्थाको थियो । खेलाडीहरुले गरेको मिहिनेत अनुसार नतिजा आएको छ । अर्को खेललाई पनि हामी मिहिनेत गर्नेछौं’, जितपछि श्रेष्ठले भने ।
नेपालले सेमिफाइनलमा पुग्न निर्णायक खेलमा माल्दिभ्सलाई ४-०ले हराएको थियो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग १(० ले पराजित भएको थियो । प्रशिक्षक श्रेष्ठले अपेक्षा अनुसार नै नतिजा आएको बताएका छन् ।
नतिजा अपेक्षा गरे अनुसार नै आएको हो । हामीलाई १-० भएको भए पनि पुग्ने थियो । हामीलाई जसरी पनि आजको खेल जित्नुपर्ने अवस्था थियो । त्यो कुरालाई हामीले ध्यानमा राखेर खेल्यौं । अस्ति माल्दिभ्सको खेल हरेर विश्लेषण गर्न पाउँदा हामीलाई फाइदा पनि भयो’, उनले भने ।
खेलमा दुबै टोलीका खेलाडीले अनुशासन देखाउन सकेनन् । लगातार दुबै टोलीका खेलाडी झगडा गरेका थिए । ३४ औं मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद हसन दुबैले रातो कार्ड पाएका थिए ।

दोस्रो गोलपछि नेपालका सुजनले माल्दिभ्सका कप्तान हसनलाई अफ बलमा धकलेका थिए । त्यसपछि हसन उठेर जंगिएपछि दुबै खेलाडीले रातो कार्ड खाएका थिए ।
प्रशिक्षक श्रेष्ठले सुरुवात देखीनै अनुशासनमा राख्न खोजेको बताए । ‘अनुशासनमा हामी सुरुवात देखीनै एकदमै ध्यान दिएका थियौं । खेल र अनुशासन नभएको मान्छेलाई हामी खेलमा राख्न सकिदैन । हामीले अनावश्यक रुपमा रातो कार्ड पाएका हौं । त्यो हाम्रो मात्रै गल्ती होईन । माल्दिभ्सले सुरुवात देखीनै बढी एक्सनमा आएर हामीलाई बढी दबाबमा राख्न खोजेको थियो । त्यो कन्डिसनले हामीले रेड कार्ड खाएको हो’, उनले भने ।
समूह ए बाट पाकिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपाल २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा रह्यो । नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । भुटान र भारतबीचको खेल दथरथ रंगशालामा जारी छ । उक्त खेलमा हार्ने टोलीले सेमिफाइनलमा नेपालसँग खेल्नेछ ।
पूरा भिडियो हेर्नुहोस् :
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]