default_image

2 years ago

September 25, 2023

भुटानमाथि पूनरागमन जितसँगै भारत समूह विजेता

5234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी साफ यू-१९ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दशरथ रंगशालामा भएको समूह बी को अन्तिम खेलमा भुटानमाथि २-१ को पूनरागमन जितसँगै भारत समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतको जितमा गुगमसार गोयारी र रिकि हाओबामले समान एक एक गोल गरे । भुटानका लागि भने जिग्ने नामग्येलले एक गोल गरेपनि जित निकाल्न पर्याप्त भएन । खेलमा भुटानले अग्रता लिएपनि जोगाउन सकेको थिएन । जिग्मे नामग्येलले खेलको २० औं मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।

तर भारतले अन्त्यमा जित निकाल्न सफल भयो । भारतका लागि गुगमसार गोयारीले ३६ औं मिनेटमा बराबरी गरेका थिए । ६४ औं मिनेटमा रिकि हाओबामले गोल गर्दै अग्रता दिलाए । अन्त्यमा त्यही गोल जीतका लागि पर्याप्त भयो।

हारका बाबजुत भुटान समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। भुटानले पहिलो खेलमा बंगलादेशलाई ४(३ ले हराएको थियो।

भुटानले अब सेमिफाइनलमा पाकिस्तानसँग खेल्ने छ। भारतले भने नेपालको सामना गर्ने छ। दुवै सेमिफाइनल बुधबार हुने छन्। फाइनल शनिबार हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.