2 years ago
September 25, 2023
वेन्झौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ अौं एसियाली खेलकुद अन्तर्गत समूह चरणको दोस्रो खेलमा जापानसँग फराकिलो हार बेहोरेको छ ।

वेन्झौ अोलम्पिक रंगशालामा सुरुवाती मिनेटमै गोल खाएपछि दवाव खेपेको नेपाल ८-० ले पराजित भएको हो । पहिलो हाफमा ५-० को अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थप्यो ।
जापानको युवा खेलाडी सम्मिलित राष्ट्रिय टोलीले खेल अवधिभर लगातार पास खेल्दै नेपाली टोलीलाई रक्षात्मक खेल्न बाध्य पारेका थिए । तर यसका बाबजुद काउन्टर अट्याकमा सावित्रा भण्डारीले जापानी डिफेन्सलाई ढुक्क रहन दिइनन् ।

नेपाल पहिलो खेलमा भिएतनामसँग २-० ले पराजित भएको थियो । आजै भएको समूहको अर्को खेलमा भिएतनामले बंगलादेशलाई ६-१ ले हरायो । पहिलो खेलमा जापानसँग नै ८-० ले हारेको बंगलादेशले अब बिहीबार नेपालसँग खेल्नेछ ।
नेपाल र बंगलादेश दुवै समूहबाट बाहिरिसकेका छन् । अब जापान र भिएतनामबीच अन्तिम खेलले समूह विजेताको छिनोफानो हुनेछ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]