2 years ago
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्सनमा आफ्नो नाम राखिएपछि नेपाल राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्दले असन्तुष्टि व्यक्त गरेका छन् । रोहितले फेसबुक पेज मार्फत एनएसएल आयोजकहरुले खेलाडीहरूको सूचि प्रकाशन गर्नुअघि आवश्यक गृहकार्य नगरेको बताएका हुन् ।

केहि दिनयता सामाजिक संजालमा एनएसएलले सार्वजनिक गरेको भन्दै खेलाडीको श्रेणी विभाजन सहितको सुची देखिएको छ । एनएसएलले सहभागी टिमलाई मात्र उपलब्ध गराएको भनिएको उक्ति सुचिमा नेपाल बाहिर व्यावसायिक फुटबल खेलिरहेका तीन खेलाडी रोहितसहित किरण चेम्जोङ्ग र मनिष डाँगीको नाम समेत राखिएको थियो । सोहि सुचीमाथि रोहितले असन्तुष्टी जनाएका हुन्।
रोहितले एक क्लबसँग व्यावसायिक अनुबन्धनमा रहेका खेलाडीलाई विना सूचना अक्सन सूचीमा राख्दा विभिन्न पक्षबाट समस्या उब्जने बताए । उनले एन्फाले पनि खेलाडी सूची अध्ययन गर्नुपर्ने बताउँदै फुटबललाई व्यावसायिक बनाउने समय आएको जिकिर गरे ।

नेपाल सुपर लिगका सिईओ तथा सह-संस्थापक सुदीप शर्माले यसबारे आफू अनभिज्ञ रहेको बताए । एनएसएलका प्रबन्ध निर्देशक र सह-संस्थापक श्रेयान्स कार्कीले भने सामाजिक सञ्जालमा देखा परेको खेलाडीहरूको सूची अक्सनमा प्रस्तुत हुने सूची नभएको हाम्रो खेलकुदलाई बताए।
‘हाम्रो लिस्ट पनि फाइनल भएको छैन । हामीले टिमहरुलाई तयारीका लागि समय दिनुपर्छ त्यसैले शेयर गरेको मात्रै हो । हाल राष्ट्रिय टोलीबाट खेलिरहेका कारण ए श्रेणीमा आएको हो । अन्तिम सूची तयार पार्न बाँकी छ’, कार्कीले भने ।
कार्कीका अनुसार रोहितसहित नेपाल बाहिर खेलिरहेका तीन जना खेलाडीहरु ए श्रेणीको खेलाडी भएतापनि अक्सनमा आउने छैन।

गत संस्करणमा धनगढीले किरणलाई आइकोनिक खेलाडी कोटामा भित्र्याएको थियो । र यी तीन खेलाडी अहिलेको संस्करणमा पनि आइकोनिक खेलाडीको रुपमा समेत आउन मिल्ने समेत कार्कीले बताए ।
‘अघिल्लो सिजन पनि किरण ए श्रेणीको लिस्टमा थिए तर हामीले अक्सनमा प्रिजेन्ट गरेनौं तर धनगढीले वहाँलाई आइकोनिक खेलाडीको रुपमा ल्यायो। वहाँहरु ए श्रेणी खेलाडीहरु मात्रै हो, अक्सनमा नै आउने खेलाडीहरु भने होइन’, कार्कीले दोहोर्याए।
क्लबहरुलाई प्रारम्भिक सुची गइसकेपनि सबै खेलाडीहरुलाई यसबारे जानकारी नभएको समेत कार्कीले जानकारी दिएका छन्। उनले थपे, ‘हामीलाई अक्सनमा आउने खेलाडीहरूको मात्र अनुमति चाहिन्छ । विदेशी लिगमा खेल्ने तीन खेलाडी अक्सनमा आउने खेलाडी नभएकाले सूचीमा समावेश भएको कुनै जानकारी प्राप्त गरेका छैनन् । हामी यी तीन बाहेक अन्य सबै खेलाडीहरूलाई सम्पर्क गर्दैछौं।’
नेपाल सुपर लिगको दोस्रो संस्करणको अक्सन शनिबार हुँदैछ। दोस्रो संस्करणका लागि गत वर्ष नै अक्सन भएको थियो । तर धेरै खेलाडी विदेशिएकाले फेरि अक्सन हुन लागेको हो ।
१० टोलीको समावेश हुने भनिएपनि विराटनगर सिटी एफसीले भाग नलिने भएपछि ९ टोलीले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्नेछन् । धनगढी एफसीले सोमबार मात्र आशिष चौधरिलाई आफ्नो मार्की खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ । अन्य केहि टोलीले पनि मौखिक रुपमा मार्की अनुबन्ध गरिसकेका छन् भने केही छलफलमा रहेको बताइएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]