2 years ago
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक बिष्ट दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।

लुम्बिनीले एरिकसँग मार्की खेलाडीको रुपमा सम्झौता गरेको जानकारी दिएको छ । राष्ट्रिय फुटबल टोलीमा उनले विभिन्न भूमिका सफलता पूर्वक निर्वाह सम्पन्न गरि सकेका छन् ।
२३ वर्षीय युवा मिडफिल्डर एरिकले सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगमा पहिलो सहभागीतामा नै चर्च ब्याईज यूनाईटेडलाई च्याम्पियन बनाउन महत्वपूर्ण प्रदर्शन गरेका थिए । एरिकले मार्की खेलाडीको रुपमा अनुबन्ध भएपछि निकै उत्साहित भएको बताएका छन् ।
‘लुम्बिनीको मार्की खेलाडी हुन पाउँद निकै खुशी र उतिकै उत्साहित छु । अब निकै राम्रो टिम बन्ने विश्वास गरेको छु । हामी यो पटक उपाधिका लागि खेल्ने छौं’, एरिकले भनेका छन् ।
पहिलो संस्करणमा लुम्बिनी प्लेअफबाट बाहिरिएको थियो । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदैछ । दोस्रो संस्करणको एनएसएल मंसिर ८ गते सुरु हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]