default_image

10 months ago

September 27, 2023

बार्सिलोना बराबरीमा रोकियो

974 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना गएराति सम्पन्न स्पेनिस ला लिगा अन्तर्गतको खेलमा माल्लोर्कासँग २-२ को बराबरीमा रोकिएको छ । बार्सिलोनाले खेलमा दुई पटक पछाडि परेको अवस्था उल्ट्याउँदै बराबरी गरेको हो ।

बार्सिलोनाका लागि राफिन्हा र फर्मिन लोपेजले गोल गरे भने मल्लोर्काका लागि भेदात मुरीकी र आब्दोन प्राट्सले गोल गरेका हुन् ।

माल्लोर्काले खेलको आठौ मिनेटमा अग्रता लिएको थियो । बार्सिलोना गोलरक्षक टर स्टेगनले दिएको पास माल्लोर्काका खेलाडीको खुट्टामा सिधै गएपछि घरेलु टोलीले अवसर प्राप्त गरेको थियो । त्यस अवसरमा मुरीकीले गोल गर्दै आफ्नो टोलिलाई अग्रता दिलाए ।

बार्सिलोनाले खेलको ४१औं मिनेटमा बराबरी गर्यो । राफिन्हाले बक्स बाहिर बाट उत्कृष्ट गोल गर्दै खेललाई १-१ को गोल अन्तरमा ल्याएका थिए ।

तर लामो समयसम्म चलेको हाफको अन्तिममा माल्लोर्काले पुनः अग्रता लियो । मुरीकिको हेडर पासमा आब्डोनले गोल गर्दै खेलमा पुनः अग्रता बनाएका थिए ।

बार्सिलोनाले ६५औं मिनेटमा लामिन यमाललाई बक्सभित्र फाउल गरेपछि पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पाएको थियो । तर भीएआरसँगको परामर्शपछि रेफ्रीले उक्त निर्णय उल्टाउने निर्णय गरे ।

७५औं मिनेटमा बार्सिलोनाले खेलमा फेरिपनि बराबरी गर्यो । राफिन्हाको कट-ब्याकमा लेवान्डोस्कीले सट नलिँदा बल फर्मिन लोपेजको खुट्टामा आएको थियो । युवा खेलाडी लोपेजले क्लबका लागि आफ्नो औपचारिक पहिलो गोल गर्दै खेलमा पुनः बराबरी गरिएका थिए ।

खेपछि पहिलो स्थानमा रहेको बार्सिलोनाको सात खेलमा १७ अंक भएको छ । एक खेल कम खेलेको जिरोना र रियल म्याड्रिडका १६ र १५ अंक छ । उता माल्लोर्का भने सात खेलमा ६ अंक सहित १५औं स्थानमा छ ।

July 25, 2024

मछिन्द्र र चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा मछिन्द्रले एफसी खुमलटार क्लबमाथि २-१ को जित दर्ता गरेको हो । कविर तामाङ र रोनिक राना मगरले मछिन्द्रका लागि गोल गरे । यस्तै खुमलटारका लागि पवन दर्लामीले गोल फर्काएका […]

July 25, 2024

एएफसी प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेडले यसै महिनाको अन्त्यमा खेल्ने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने भएको छ । नेपालको लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङले चर्च ब्वाइजलाई प्रतियोगिता र प्रशिक्षणका लागि आवश्यक म्य्च बल उपलब्ध गराउने भएको हो । केल्मी र एएफसीबीच सन् २०२१ देखि […]

July 25, 2024

करिब दुई घण्टापछि गोल रद्द गर्दा अर्जेन्टिना पराजित

एजेन्सी – गोल गरेको करिब २ घण्टापछि गोल रद्द भएपछि पेरिस ओलम्पिकमा पुरुष फुटबलको आफ्नो पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अर्जेन्टिना मोरोक्कोसँग २-१ ले पराजित भएको हो । सोफियान रहिमीले पहिलो हाफको अन्त्यमा र ४९औं मिनेटमा गोल गर्दै मोरक्कोलाई खेलमा २ गोलको अग्रता दिलाएका थिए । ६८औं मिनेटमा जिउकियानो सिमिओनेले अर्जेन्टिनाका लागि एक […]

Success

Thank you for your time.