2 years ago
September 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले साफ यू-१९ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा आज भारतसँग खेल्दैछ । खेल आज साँझ ५ः३० बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सुरु हुनेछ।

नेपाल समूह ए को उपविजेता र भारत समूह बीको विजेताको रुपमा सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० को हात व्यहोर्न पुगेको थियो ।
नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उता भारतले बंगलादेशलाई ३-० र भुटानलाई २-१ गोल अन्तरले हराउदै समूह बी को विजेता बनेको थियो ।
भारत आफ्नो अपराजित यात्रालाई कायमै राख्दै फाइनलमा पुग्न चाहन्छ । यता नेपाल घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै फाइनलमा स्थान बनाउने सोचमा हुनेछ । पछिल्लो खेलमा माल्दिभ्सविरुद्धको प्रदर्शनले नेपाली युवा टोलीको मनोबल उच्च छ ।
पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल भने १ः३० बजे सुरु हुने छ । फाइनल खेल शनिबार हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]