default_image

2 years ago

September 27, 2023

युनाइटेड इफलएल कपको चौथो चरणमा

175 views

0 Bookmark

एजेन्सी क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड इफलएल कपको चौथो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा युनाइटेडका जित दिलाउन अलेजान्ड्रो गार्नाचो, कासेमिरो र एन्टोनी मार्सियालले समान १ गोल गरे ।

अधिकांश दोस्रो रोजाइका खेलाडी उतारेको युनाइटेडका लागि गार्नाचोले डिएगो दालोटको क्रसमा गोल गर्दै १८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

२७औं मिनेटमा मेसन माउन्टको कर्नरमा कासेमिरोले हेडर मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । यस्तै कासेमिरोको असिस्टमा ५५औं मिनेटमा मार्सियालले तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

यसै सिजन युनाइटेडले भित्राएको मिडफिल्डर सोफ्यान अम्रबाट सोही खेलमार्फत पहिलो पटक सुरुवाती ११ मा खेलेका थिए ।
प्रिमियर लिगमा सन्तोषजनक सुरुवात गर्न नसकेको युनाइटेडका लागि यो जित केहि राहत मिलेको छ ।

यस्तै गएराति कै अन्य खेलमा बर्नले, एक्सेटर, इप्सविच, पोर्ट भेल लगायतका टिमहरू पनि जित सहित चौथो चरणमा प्रवेश गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.