2 years ago
September 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान काठमाडौंमा जारी साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनल खेलमा भुटानलाई सडेन डेथमा ६-५ ले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले यू-१९ साफमा पहिलोपटक सहभागिता जनाएको हो । पहिलो पटक मै पाकिस्तान उपाधिका लागि खेल्ने भएको छ। निर्धारित ९० मिनेटमा अवसरहरू सृजना गरेपनि दुवै टोलीले गोल भने गर्न सकेनन्। ५-५ पेनाल्टी लिएपछि पनि बराबरी भएपछि सुटआउट सडेन डेथमा धकेलिएको थियो। अन्ततः पाकिस्तान टाईब्रेकरमा जित हासिल गर्यो ।
सूटआउटमा पाकिस्तानका लागि आदिल युनास, शाह जहान, अलि जफर, खुर्सिद आलम, मुहम्मद सदाम र कमिल अहमद खानले आ(आफ्नो पेनाल्टीमा गोल गरेका थिए ।
भुटानका लागि भनघग किन्जाङ तेन्जिङ, जिग्मे नाम्ग्येल, रिन्जिन दोर्जी, उग्यन दोर्जी र पेमा जाङ्गपोले गोल गरे । छेत्रीम पेलजाङको पेनाल्टी भने पाकिस्तानका गोलरक्षक साहिल गुलले बचाएका थिए।
पाकिस्तानले अब फाइनलमा आजै हुने घरेलु टोली नेपाल र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल ५ः३० बजे सुरु हुँदैछ। फाइनल शनिबार हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]