2 years ago
September 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा भारतविरुद्ध सुरुवाती ११ मा एक परिवर्तन गरेको छ । नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले दोस्रो खेलका लागि आफ्नो सुरुवाती ११ सार्वजनिक गरेका हुन्।

समूह चरणको अन्तिम खेलमा रातो कार्ड खाँदै आज खेल्न बाट बञ्चित भएका सुजन डंगोलको स्थान कुशल देउवाले लिएका छन्।
नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १–० ले पराजित भएपनि दोस्रो खेलमा माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउदै सेँडीनलको यात्रा तय गरेको थियो। भारतले भने बंगलादेश र भुटानलाई हराउदै सेमिफाइनल प्रवेश गरेको थियो।
यो खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्ने छ। पाकिस्तानले आज पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउदै फाइनलको प्रवेश गरेको छ।
नेपालको सुरुवाती ११ :
जियारथ शेख (कप्तान, गोलकिपर), आयुष तिम्सिना, दीपक थापा मगर, निनसाङ पराङ्देन्, अश्विन घोरासैनी, समीर तामाङ, प्रशान्त लक्सम, निराजन धामी, अनिल बम्जन, कुशल देउवा, अविनाश स्याङतान
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]