default_image

2 years ago

September 27, 2023

नेपाल टाइब्रेकरमा भारतसँग पराजित हुँदै बाहिरियो

5997 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा भारतसँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको छ । दशरथ रंगशालामा भएको खेल निर्धारित समय १-१ को बराबरीमा सकेपछि खेल टाइ ब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले हराउँदै फाइनलमा स्थान पक्का गराएको हो ।

टाइब्रेकरमा नेपालका अश्विन घोरासैनी र कुशल देउवाले गोल गरेका थिए । तर प्रशान्त लक्ननले प्रहार गरेको फितलो बल भारतीय गोल रक्षकले बचाए । नेपालका लक्षु थापाले प्रहार गरेको गोल भारतीय गोल रक्षकले बचाएपछि नेपालको जित कठिन बनेको थियो । नेपालका विक्रम तामाङले प्रहार गरेको बल आकासिएको थियो ।

भारतको जितमा अर्जुन सिंह, गोगोम्सर गोयरी र मागिलेतम किपगेमले गोल गरे । भारतीय दीनेश सिंहको गोल नेपाली गोल रक्षक ग्यारेथले रोकेका थिए । भारतीय रिक्की मितेयीको प्रहार बारमा लाग्दै बाहिरिएको थियो ।

भारतले खेलमा २६ औं मिनेटमा गोल गरेको थियो । मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्स लाइनले क्लियर गर्न नसकेपछि बल बक्समा नै खसेको थियो । त्यस समय साहिल खुर्सिदले नेपाली गोलरक्षक जियारथ शेखभन्दा पछाडि जालीमा बललाई पुर्याएका थिए ।

३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतीय गोलरक्षकको हातमा पुगेको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपालले एक राम्रो अवसर पाएको थियो । तर कुशल देउवाको कर्नर समिर तामाङको हेडर फष्टबारबाट बाहिरन पुगेको थियो ।

तर दोस्रो हाफको दोस्रो मिनेटमा नै नेपालले सुन्दर अवसर खेरा फालेको थियो । प्रशान्त लक्समको थ्रु(पासमा निराजन धामीको प्रयास पोस्टमा लागेर बाहिरिएको थियो।

७४औं मिनेटमा नेपालले खेलमा बराबरी गरेको थियो । दीपक थापा मगरको क्रसमा समिर तामाङले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

खेल बराबरीमा आएपछि भारतले नेपाली डिफेन्समाथि दबाब सृजना गरिरहेको थियो। तर नेपालले भारतको आक्रमणलाई विफल पार्यो। निर्धारित ९० मिनेटको समय १-१ भएपछि खेल पेनाल्टी सुटआउट धकेलिएको थियो।

उपाधिको लागि शनिबार पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा भुटानलाई सडेन डेथमा ६-५ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.