default_image

2 years ago

September 27, 2023

‘पेनाल्टी हान्ने खेलाडी सबै घाइते थिए’ – प्रशिक्षक श्रेष्ठ

6588 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ फुटबल टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले पेनाल्टी हान्ने आफ्ना प्रमुख सबै खेलाडी घाइते हुँदा समस्या भएको बताएका छन् । नेपाल बुधबार साँझ दथरथ रंगशालामा यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग टाइब्रेकरमा पराजित भएपछि श्रेष्ठले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रो खेलाडीहरुले मिहिनेत गरेपनि सफल हुन सेकनौं । खेलमा हार जित भइहाल्छ’, खेलपछि प्रशिक्षक सुनिल कुमार श्रेष्ठले भने । नेपालले पाँच मध्य ३ पेनाल्टीमा गोल गर्न सकेन । नेपाल र भारतबीचको खेल निर्धारित समयमा १-१ को बराबरीमा रोकिएको थियो । टाइब्रेकरमा नेपाल २–३ गोल अन्तरले पराजित हुन पुग्यो । प्रशिक्षक श्रेष्ठले पेनाल्नी हान्ने खेलाडी जति घाइते भएको बताउँछन् ।

‘पेनाल्टीको अभ्यास कम भएको होईन । पेनाल्टी हान्ने जति खेलाडी घाइते थिए । त्यसैको कारण समस्या भयो । दीपक थापा मगर, समिर तामाङ र अभिनाश आउट भए । तीन जना पेनाल्टी हान्ने खेलाडी नभएपछि हाम्रो समस्या भएको हो’, उनले भने ।

पेनाल्टी मिस गर्ने सोच कसैको नहुने उनले बताए । ‘दबाबमा गाह्रो भयो होला । पेनाल्टी मिस गर्छु भनेर कसैले गर्दैन । भारत राम्रो टोली हो । हामीले एक गोल खाएर पनि खेलमा फर्किएका थियौं । तर अन्तिममा पाएको अवसर पूरा गरेको भए पेनाल्टीमा जान पर्ने थिएन’, प्रशिक्षक श्रेष्ठले भने ।

उनले फाइनल पुग्न भन्दा पनि खेलाडीहरुको प्रदर्शन महत्वपूर्ण हुने बताए । ‘फाइनल पुग्न भन्दा पनि खेलाडीहरुको प्रदर्शन महत्वपूर्ण हुन्छ । खेलाडीले मिहिनेत गरे अनुसार प्रतिस्पर्धा गरेको हो । नतिजामा हामी चुक्यौं । सबै जनाले राम्रो गरेको थियो । गोल खादा कोही न कोही चुकेर नै गोल खाने हो । सबैले मिहिनेत गर्दा गर्दै खाएको गोल हो’, उनले भने ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.