2 years ago
September 28, 2023
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले लास पाल्मासलाई पराजित गरेको छ ।

म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नेबाउमा भएको खेल्न रियलले २-० को जित हासिल गरेको हो । रियलका लागि ब्राहिम डियाजा र होसेलुले समान एक एक गोल गरेका हुन् ।
खेल अघि तेस्रो स्थानमा रहेको म्याड्रिडका लागि डियाजले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अग्रता दिलाएका थिए । होसेलुले दोस्रो हाफको नवौं मिनेटमा अर्को गोल थपेका थिए ।
जित पछि रियलको सात खेलमा १८ अंक रहेको छ । रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । यस्तै तालिकाको शीर्ष स्थानमा भने जिरोना रहेको छ । जिरोनाले गएराति नै भिल्लारियललाई २-१ ले हराउदै शीर्ष स्थानमा उक्लिएको छ ।
जिरोनाको सात खेलमा छ जित र एक बराबरीका साथ १९ अंक छ । लिगमा अहिलेसम्म जिरोना र बार्सिलोनाले मात्र कुनै पनि खेल हारेका छैनन् ।
आगामी शनिबार शीर्ष दुई टोली जिरोना र रियल म्याड्रिडले एक अर्का सँग खेल्दा बार्सिलोनाले शुक्रबार साँझ सेभिल्लाको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]