2 years ago
September 28, 2023
हाङ्गचौं (हाम्रो खेलकुद)– चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा आज नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशको सामना गर्दैछ ।

समूह ‘डी’मा यि दुबै टालीले अन्तिम खेलमा एकअर्काको सामना गर्दैछन् । दक्षिण एसियाली देश नेपाल र बंगलादेशले यसअघिका दुबै खेल गुमाइसकेकाले यो खेल प्रतिष्ठाका लागि हुनेछ । खेल वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो । बंगलादेशको पनि एसियाड यात्रा सुखद हुन सकेन । पहिलो खेलमा जापानसँग ८–० हार बेहोरेको बंगलादेशले भियतनामसँगको खेल ६–१ ले गुमाएको थियो ।
विगतमा बंगलदेशमाथि हाबी हुने गरेको नेपाली टोलीले पछिल्ला ३ खेलमा भने जित निकाल्न सकेको छैन । गत वर्ष दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलल खेल ३–१ ले गुमाएको नेपालले त्यसपछिका दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]