default_image

10 years ago

September 21, 2015

नेपाल पुलिस र थ्री स्टारको खेल बराबरीमा अन्त्य

256 views

0 Bookmark

काठमाडौं, असोज ४ ।
आज सतदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको प्रतिस्पर्धात्मक खेलमा स्टार खेलाडीहरु बिना उत्रीएको नेपाल पुलिस क्लबले थ्री स्टार क्लब सँग २-२ को बराबरी खेलेको छ । 

Arko.Asia

Arko.Asia

आज पुलिसले अगिल्लो दुई खेल मा इन्जुरिका कारण खेल्न नसकेका किपर रितेश थापा र जुमानु राईलाई उतारेको थियो भने थ्री स्टारले सन्तोश साहुखलालाइ बेन्च गर्दै ओलवले अफीजलाई अगाडी खेलाएको थियो ।  पुलिसका नियमित खेलाडिहरु सुमन सुबेदी, भोला सिलवाल र रबिन श्रेष्ठ अझै पनि चोट सँग जुधी रहेका छन ।

बर्षाका कारण केहि बेर ढिलो सुरु भएको खेलमा सुरु बाटनै दुबै टोली आक्रमक देखिएका थिए । दुबै टोलिले प्रायस गरे पनि पहिलो गोल भने ३७औं मिनटमा थ्री स्टारका सागर थापाले गरे । सागरको लङ बलमा अफिजले रितेश थापालाई झुक्काएपछी गोल सम्भव भएको थियो तर तेस्को ३ मिनट नबित्दै जुमानु राईले चिप गोल गर्दै खेल बराबरीमा लेराए ।

दोस्रो हाल्फको सुरुवातमै थ्री स्टार क्लब आक्रमक देखिएको थियो र पुलिसका कीपरले उत्कृष्ट बचाउहरु गरे । दोस्रो हाल्फको २४औ मिनटमा सन्तोश साहुखलाले लिगमा बेक्तिगत ९७औं गोल गर्दा पटने क्लब २-१ को आग्रतामा पुगे पनि बिष्णु सुनुवारले भरत शाहलाई लडाएपछी पाएको पेनाल्टी जुमानुले प्रहार गर्दा किरन चेम्जोङले बचाएपनी रिबाउण्डमा योगेश श्रेष्ठले गोल गरे । बिष्णुले रेड कार्ड पाएपछी थ्री स्टार १० खेलाडिमा सिमित भएको थियो । खेलमा तेसपछी कुनै गोल हुन सकेन र २-२मा अन्त्य भयो । खेलको उत्कृष्ट खेलाडी राष्ट्रिय टिम र थ्री स्टार क्लबका कप्तान सागर थापा भए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.