default_image

2 months ago

September 28, 2023

एसियाड – रेखाको गोलमा नेपाल हारबाट जोगियो

हाङ्गचौं (हाम्रो खेलकुद)– रेखा पौडेलको गोलमा नेपाल १९ औं एसियाली खेलकुद (एसियाड) को आफ्नो अन्तिम खेलमा हारबाट जोगिएको छ । हाङ्गचौमा जारी १९ औं एसियाडमा बिहीबार नेपाल र बंगलादेशले बराबरी खेलेका छन् । । चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेल १-१ को बराबरीमा सकिएको हो । रेखाले ८३ औं मिनेटमा बराबरी गोल गर्दै […]

4191 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद)– रेखा पौडेलको गोलमा नेपाल १९ औं एसियाली खेलकुद (एसियाड) को आफ्नो अन्तिम खेलमा हारबाट जोगिएको छ । हाङ्गचौमा जारी १९ औं एसियाडमा बिहीबार नेपाल र बंगलादेशले बराबरी खेलेका छन् । ।

चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेल १-१ को बराबरीमा सकिएको हो । रेखाले ८३ औं मिनेटमा बराबरी गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन् । सावित्रा भण्डारीले दिएको पासमा रेखाले हेड गोल गर्दै खेललाई बराबरीमा गरेकी थिइन् ।

खेलमा अग्रता भने बंगलादेशले लिएको थियो । ४४ औं मिनेटमा सविना खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि भने बंगलादेशले कुनैपनि गोल गर्न सकेन ।

दक्षिण एसियाली देश नेपाल र बंगलादेशले यसअघिका दुबै खेल गुमाइसकेकाले यो खेल प्रतिष्ठाका लडाई मात्रै थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो ।

बंगलादेशको पनि एसियाड यात्रा सुखद हुन सकेन । पहिलो खेलमा जापानसँग ८–० हार बेहोरेको बंगलादेशले भियतनामसँगको खेल ६–१ ले गुमाएको थियो ।

योसहित पछिल्ला ४ खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन । गत वर्ष दशरथ रंगशालामा साफ च्याम्प्यिनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएको नेपाली टोलीले त्यसपछिका दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेको थियो ।

December 3, 2023

बिर्तामोड युनाइटेड किराँत गोल्डकपको सेमिफाइनलमा

दिपक बोहरा ,पाँचथर झापाको बिर्तामोड युनाइटेड कठिन जित निकाल्दै पाँचथरमा जारी प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा आइतबार इलामको रेडहर्स क्लबलाई १-० ले बिर्तामोड सेमिफाइनलमा पुगेको हो । श्याम मुर्मुको गोलमा बिर्तामोड विजयी भएको थियो । बिर्तामोड युनाइटेडले अनुभवी खेलाडी योगेश गुरुङ र ‘बि’डिभिजन खेलेका युवा खेलाडी सम्मिलित टोली उतारेको […]

December 3, 2023

एरिकको उत्कृष्ट फ्रिकिक गोलमा बुटवलको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलामविरुद्ध २-१ को जित हासिल गरेको छ । खेल १-१ को अवस्थामा रहेको बेलामा उनले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको पहिलो जित पक्का गराए । खेल अवधिभर […]

December 3, 2023

इलाम र बुटवल पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा स्पोर्टिङ्ग इलाम एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित पहिलो हाफ खेलेका छन् । पहिलो हाफको अवधिभर इलामले नै खेलमा बढी बल राखेको छ र मौकाहरु सृजना गरेको छ । बुटवलका लागि भने जिलेस्पी जंग कार्कीले एक अवसर सिर्जना गर्नु बाहेक अरु स्पष्ट अवसर […]

Success

Thank you for your time.