default_image

2 years ago

September 28, 2023

अनन्त ललितपुर सिटीको मार्की

2056 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङलाई नेपाल सुपर लिगको दोस्रो संस्करणको लागि ललितपुर सिटी एफसीले मार्की प्लेयरको रुपमा भित्राएको छ । ललितपुर सिटी एफसीले सामाजिक सञ्जालमार्फत अनन्तलाई अनुबन्धको घोषणा गरेको हो ।

ए डिभिजन लिगको पछिल्लो सिजन चर्च ब्वाइज युनाइटेडबाट लिग च्याम्पियन बनेका अनन्त राष्ट्रिय टोलीका नियमित डिफेन्डर हुन् । उनले राष्ट्रिय टोलीबाट ५५ खेल खेलिसकेका छन् भने ३ गोल र एक असिस्ट गरेका छन् ।

अनन्त सन् २०१५ को साफ यू–१९ च्याम्पियनसिप जित्ने नेपाली यु–१९ फुटबल टोलीका सदस्य थिए । अनन्तले २०१५ मा भारतविरुद्धको मैत्रीपूर्ण खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।

अनन्तले २०२२ मा इस्ट बंगालबाट इन्डियन सुपर लिग खेलेका थिए । इस्ट बंगालबाट उनले एक खेल खेलेका थिए। सिजनको अन्तिम खेलमा बेङ्गलुरु एफसी विरुद्ध १–० को हारमा खेल्दै उनी इन्डियन सुपर लिगमा खेल्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका थिए ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ । यस सिजनमा पहिले संस्करणका ६ र ३ नयाँ गरि कुल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर भने दोस्रो संस्करणमा सहभागी हुनेछैन ।

यसअघि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट र एफसी चितवनले विशाल श्रेष्ठलाई मार्की खेलाडी सार्वजनिक गरि सकेका छन् । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदैछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.