default_image

2 years ago

September 28, 2023

वीरगन्ज युनाइटेड – सिंह टेक्निकल इाडरेक्टर, श्रेष्ठ मुख्य प्रशिक्षक

2284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवंम् गोलकिपर उपेन्द्रमान सिंह ५ वर्षपछि फुटबल प्राविधिकका रुपमा फर्कने भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) टोली वीरगन्ज युनाइटेड एफसीले सिंहलाई टेक्निकल डाइरेक्टर नियुक्त गरेको छ । साथै वीरगन्जले सनोज श्रेष्ठलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । वीरगन्जका सिइओ अरविन्द बरालले सिंह र श्रेष्ठ टोलीमा आबद्ध भएको बताएका छन् ।

‘उहाँहरु फुटबलमा स्थापित नाम हो । हामीले पुरानो खेलाडी, प्रशिक्षक र प्राविधिक दक्षता पनि भएका कारण उपेन्द्रमान सिंहलाई प्रस्ताव गर्यौं । मिलेर काम गरौं भन्यौं, बरालले भने, उहाँले सहर्ष स्वीकार गर्नुभयो ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ५ वर्षअघिको निर्वाचनमा उपाध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि डेपुटी टेक्निकल डाइरेक्टर पदबाट राजीनामा दिएका थिए । त्यति बेला उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । गत वर्ष पुनः उपाध्यक्षमा उम्मेदवारी दिएर पराजित भएयता उनी कुनै जिम्मेवारीमा थिएनन् ।

‘अहिले खाली नै छु । उहाँहरुले प्रस्ताव गर्नुभयो,’ सिंहले भने, ‘आफूमा भएको अनुभवलाई फुटबलमै प्रयोग गर्ने हो । अनि प्रस्ताव स्वीकार गरे । आफ्नोतर्फबाट सक्दो राम्रो गर्न प्रयास गर्नेछु ।’

प्रशिक्षक श्रेष्ठले सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबलाई प्रशिक्षण दिएका थिए । ‘सनोज श्रेष्ठसँग पनि प्रशिक्षणको लामो अनुभव छ, वीरगन्जको सिइओ बरालले भने, ‘हामी सबै मिलेर एउटा टिमको रुपमा काम गरौं भन्ने प्रस्तावमा उहाँ पनि तयार हुनुभयो ।’

वीरगन्जले एनएसएलको अक्सनको दुई दिन अघि टेक्निटकल डाइरेक्टर र मुख्य प्रशिक्षकको टुंगो ललगाएको हो । मंसिर ८ गते बाट सुरु हुने एनएसएलका लागि शनिबार खेलाडीको अक्सन हुँदैछ । वीरगन्जसहितका ३ नयाँ र पुराना ६ गरि ९ टोलीबीच एनएसएलको दोस्रो संस्करणमा प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.