default_image

2 years ago

September 29, 2023

आयुष पोखरा थन्डर्सको मार्की प्लेयर

1379 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी आयुष घलान पोखरा थन्डर्सको मार्की खेलाडीको रूपमा अनुबन्ध भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि उनलाई पोखराले सम्झौता गरेको हो। पहिलो संस्करणमा पनि उनले पोखराका लागि नै खेलेका थिए । राष्ट्रिय टोलीका नियमित सदस्य आयुषले सन् २०२१ को मेमा इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको लागि डेब्यु गरेका थिए ।

उनले नेपालका लागि १९ पटक अफिसियल खेल खेलेका छन् भने राष्ट्रिय जर्सीमा एक गोल गरेका छन् । उनको एक मात्र गोल सन् २०२१ को साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध गरेका थिए ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ। यस सिजनमा पहिले संस्करणका ६ र ३ नयाँ गरि कुल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर भने दोस्रो संस्करणमा सहभागी हुनेछैन ।

यसअघि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट, एफसी चितवनले विशाल श्रेष्ठ, झापाले अन्जन विष्ट, ललितपुर सिटी अनन्त तामाङ र वीरगन्ज युनाइटेडले दीपक कार्कीलाई मार्की खेलाडी सार्वजनिक गरि सकेका छन् । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदैछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.