2 years ago
September 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर दिप कार्की नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली मध्येको एक वीरगन्ज युनाइटेड एफसीमा मार्की खेलाडीको रूपमा अनुबन्ध भएका छन् ।

विरगन्जका सिइओ अरविन्द बरालले दिपले विरगन्ज युनाटेडमा मार्की खेलाडीमा आबद्ध भएको बताएका छन् । मनाङ मर्स्याङ्दी क्लबबाट गत सिजन ए डिभिजन लिग खेलेका दिप दोस्रो संस्करणको एनएसएलमा वीरगञ्जबाट खेल्ने भएका हुन् । गत सिजन ए डिभिजन लिगमा २४ खेलमा दिपले ८ क्लिन सिट राख्न सफल भएका थिए ।
राष्ट्रिय टोलीबाट ४ खेल खेलेका दिपले २ खेलमा क्लिन सिट राखेका छन् । उनी पहिलो संस्करणमा पोखरा थन्डर्सबाट खेलेका थिए । सन् २०२२ जुन मा उनले जोर्डन विरुद्ध राष्ट्रिय टोली बाट डेब्यु गरेका थिए । उनी २०१९ देखि राष्ट्रिय टोलीका सदस्य रहँदै आएका छन् ।
एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ । यस सिजनमा पहिले संस्करणका ६ र ३ नयाँ गरि कुल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर भने दोस्रो संस्करणमा सहभागी हुनेछैन ।
यसअघि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट, एफसी चितवनले विशाल श्रेष्ठ, झापाले अन्जन विष्ट र ललितपुरले अनन्त तामाङलाई मार्की खेलाडी सार्वजनिक गरि सकेका छन् । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदैछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]