2 years ago
September 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१९ च्याम्पियनसिप २०२३ को फाइनलमा शनिबार पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ : ३० मा त्रिपुरेश्वर स्थित दथरथ रंगशालामा सुरु हुनेछ । भारतले दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाललाई टाइब्रेकरमा ३-२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

उता पहिलो पटक साफमा प्रतिस्पर्धा गरेको पाकिस्तान यू१९ टोलीले भुटानलाई सेमिफाइनलमा सडेन डेथमा ६(५ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
भारतीय कप्तान ईशान सोशोदियाले नेपाल आउनुको एकमात्रै लक्ष्य उपाधि जित्ने भएको बताएका छन् । ‘हामी यहाँ आएको एकमात्रै लक्ष्य भनेको ट्रफी जित्ने हो । पाकिस्तानसँगको खेल जीवनभर यादगर रहनेछ’, भारतीय कप्तान ईशान शिशोदियाले भने ।
पाकिस्तानका कप्तान मोहम्मद सादमले भारतविरुद्ध उत्कृष्ट खेल खेल्न तयार भएको बताएका छन् । ‘फाइनल खेल्न हाम्रा खेलाडी निकै उत्साहित छन् । भारत शीर्ष टोली हो । हाम्रा खेलाडी एकदमै राम्रो प्रदर्शन गर्नेछन्’, सादमले भने ।
पाकिस्तान समूह ए र भारत समूह बीको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेलेका थिए । समूह चरणमा भारतले बंगलादेशलाई ३–० र भुटानलाई २–१ ले हराएको थियो । उता पाकिस्तानले नेपाललाई १–० र माल्दिभ्ससँग १–१ को बराबरी खेलेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]