2 years ago
September 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बिबी गोर्खाज एफसीको आयोजनामा यसै महिना काठमाडौंको नैकापमा बिबी एरवेज भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक बिबी गोर्खाज एफसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको छ ।

४० वर्ष माथिकाले सहभागीता जनाउन पाउने प्रतियोगिता असोज २० देखि २४ गते सम्म हुनेछ । प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीले मलेसिया काठमाडौं टु वेको टिकट पाउनेछन् । उत्कृष्ट किपर र गोलकर्ताले पनि मलेसिया काठमाडौंको टु वे टिकट पाउनेछन् ।
गोर्खाज एफसीका अध्यक्ष सुन्दर थापा क्षेत्रीले डेढ महिनापछि बिबी एरवेज सञ्चालनमा आउने बताएका छन् । उक्त एरवेज सञ्चालनमा आएपछि मात्रै उक्त टिकट उपलब्ध हुनेछ । प्रतियोगितामा झण्डै १३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]