default_image

2 years ago

September 30, 2023

रामोसको आत्मघाती गोलमा बार्सिलोनाको जित

1326 views

0 Bookmark

एजेन्सी – पूर्ण रियल म्याड्रिड खेलाडी सर्जियो रामोसको आत्मघाती गोलमा स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिल्लालाई १-० ले पराजित गरेको छ।

बार्सिलोना स्थित ओलम्पिक स्टेडियममा गए राती भएको खेलमा एक मात्र गोल रामोसको आत्मघाती गोल रहेको थियो । लामिन यामालको क्रसलाई रोक्ने क्रममा रामोसले बललाई आफ्नै गोलपोस्टमा धकेलेका थिए ।

मंगलबार मल्लोर्का सँग बराबरीमा रोकिएको बार्सिलोनाले सेभिलला सँग भने सुधारिएको प्रदर्शन गरेको थियो। धेरै अवसर हरु सृजना गरेपनि बार्सिलोनाले गोल भने गर्न सकेको थिएन । तर खेलको ७६औं मिनेटमा आत्मघाती गोल उपहार पाएसँगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ।

बार्सिलोनाको ८ खेलमा ६ जित र २ बराबरी सहित २० अंक छ। १ खेल कम खेलेको जिरोना र रियल म्याड्रिडको क्रमश १९ र १८ अंक छ। दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोली शनिबार राति १०:१५ बजे एक अर्का सँग भिड्दै छन्। यो खेलको विजयी टोली बार्सिलोनालाई उछिन्दै शीर्ष स्थानमा उक्लिने छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.