default_image

10 months ago

September 30, 2023

एनएसएलको खेलाडी अक्सन आज

904 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको अक्सन शनिबार (आज) हुँदैछ।

खेलाडीको अक्सन होटल हायात प्यालेसमा बिहान १० बजे सुरु हुने आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एन्ड इभेन्ट प्रालिले जनाएको छ। पहिले नै १० टिमको सहभागितामा अक्सन भइसके पनि पटक पटक मिति सरेका कारण फेरि पनि अक्सन हुन लागेको हो।

यसपटक एनएसलमा ९ टोलीले सहभागिता जनाउँदै छन्। विराटनगर सिटी एफसीले सहभागिता नजनाउने भएपछि पहिलो संस्करणमा खेलेका ६ र नयाँ ३ सहित ९ टोलीले आउँदो संस्करणमा खेल्दै छन्।

प्रत्येक टोलीले अक्सन बाहेक छ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने छन्। त्यसमध्ये एक पटकमा बढीमा ५ खेलाडी मैदानमा उत्रिने पाउने छन्।

पहिलो संस्करणका काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स सहित ३ नयाँ टोली झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलामले दोस्रो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अक्सन अगावै सबै टोलीले आफ्नो मार्की खेलाडी सार्वजनिक गरिसकेका छन्।

मार्की खेलाडीहरु

काठमाडौं – हिसुब थपलिया

ललितपुर- अनन्त तामाङ

चितवन- विशाल श्रेष्ठ

धनगढी- आशिष चौधरी

बुटवल- एरिक विष्ट

पोखरा- आयुष घलान

झापा – अन्जन विष्ट

इलाम- विकेश कुथु

वीरगन्ज – दिप कार्की

July 15, 2024

रोड्रिगेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

एजेन्सी – उपविजेता कोलम्बियाका कप्तान हामेस रोड्रिगेज कोपा अमेरिका २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । अर्जेन्टिना विरुद्ध फाइनलमा १-० ले पराजित भएपनि उनले उत्कृष्ट खेलाडीको उपाधि हात पारेका हुन् । प्रतियोगिता अवधिभर उनले १ गोलका साथै ६ असिस्ट गर्न सफल रहे । फाइनलमा भने उनी अतिरिक्त समयको सुरुवात परिवर्तन भएका थिए । यस्तै […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

July 15, 2024

रोड्री युरो कपको उत्कृष्ट खेलाडी

एजेन्सी – स्पेनका मिडफिल्डर रोड्री युईएफए युरो कप २०२४ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । स्पेनले प्रतियोगिताको उपाधि जितेसँगै रोड्री उत्कृष्ट खेलाडी घोषित भएका हुन् । रोड्रीले स्पेनका ७ मध्य ६ खेलमा सुरुवाती रोजाइमा रहेर खेले । उनको फाबियान रुइज मिलेर स्पेनको मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे । डिफेन्सिभ मिडफिल्डर उनले जर्जिया विरुद्धको खेलमा गोल […]

Success

Thank you for your time.