default_image

10 months ago

September 30, 2023

नेपाल सुपर लिग अक्सन- लाइभ अपडेट

20234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अक्सन काठमाडौंमा सुरु भएको छ । एनएसएलमा ९ टोलीको सहभागीता छ ।

एनएसएलमा काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी, बुटवल लुम्बिनी फुटबल क्लब, बिरगंज युनाइेड एफसी, स्पोर्टिङ्ग मेची डे र झापा एफसी छन् । अक्सनमा कुल १ सय ७८ खेलाडी छन् । ए ग्रेडमा २७ खेलाडी छन् । ए ग्रेडका खेलाडीको अक्सन न्यूनतम मूल्य १ लाख ५० हजार छ । ए ग्रेडका खेलाडीको उच्चतम मूल्य ३ लाख ५० हजार रहेको छ ।

उच्चतम मूल्यमा टोलीबीच प्रतिस्पर्धा भएमा चिट्ठाबाट निर्धारण हुनेछ । समूह बी का खेलाडीको न्यूनतम मूल्य १ लाख र उच्चतम १ लाख ५० हजार छ । सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ८० हजार र उच्चतम मूल्य १ लाख ३० हजार छ ।

एनएसएलमा एक टोलीले बढीमा २५ लाख र कम्तिमा १८ लाख खर्च गर्न पाउनेछन् । ए ग्रेडका दुई खेलाडी किन्न पाउँछन् ।

हालसम्म बिक्री भएका खेलाडीहरु यस प्रकार छन् ।

गोलरक्षक अभिषेक बराल काठमाडौं पुगेका छन् । उनी ग्रेड एमा अक्सनमा बिकेका थिएनन् । तर अन्तिम समयमा काठमाडौंले किनेका हुन् ।

जीवन गुरुङ ग्रेड बी बाट पोखरा र बिरगंजले रोजेका थिए । गोलाप्रथाबाट पोखरा पुगेका छन् । पहिलो अक्सनमा अनसोल्ड हुँदा उनले न्यूनतम मूल्य १ लाख पाउनेछन् ।

दीपेन राज सिंह ठकुरी बिरगंज पुगेका छन् । उनले न्यूनतम १ लाख पाउनेछन् ।

बिपिन कंडेल पोखरा पुगेका छन् । ग्रेड बी का खेलाडी हुँदा न्यूनतम १ लाख पाउनेछन् ।

प्रकाश बुढाथोकी ग्रेड ए बाट काठमाडौं र बुटवलले रोजेका थिए । गोलाप्रथाबाट बुटवल पुगेका छन् । उनले न्यूनतम १ लाख ५० हजार पाउनेछन्

ग्रेड सी का पुष्कर खड्का न्यूनतम ८० हजारमा चितवन अनुबन्ध भएका छन् । पहिलो अक्सनमा अनसोल्ड भएपनि अन्तिम समयमा चितवनले टोलीमा राख्ने निर्णय लिएको हो ।

जिलेस्पीजंग कार्की ग्रेड ए मा अनसोल्ड भएका थिए । अक्सनपछि बुटवल र काठमाडौंले रोजेका थिए । गोलापर्थाबाट लुम्बिनी पुगेका छन् । उनले न्यूनतम १ लाख ५० हजार पाउनेछन् ।

ग्रेड ए को अक्सनमा नवयुग श्रेष्ठ अनसोल्ड भएका थिए । तर पछि चितवन र बुटवलले रोजेका थिए । चितवनले गोलाप्रथाबाट नवयुगलाई अनुबन्ध गरेको छ । उनले १ लाख ५० हजार पाउनेछन् ।

अन्जन राई – ग्रेड ए बाट अन्जन राईलाई काठमाडौं, बुटवल लुम्बिनी र चितवनले रोजेका थिए । अक्सनपछि रोजेका उनी गोलाप्रथाबाट काठमाडौं पुगेका थिए । उनी पहिला अक्सनमा अनसोल्ड भएका थिए । उनले अव न्यूनतम १ लाख ५० हजार पाउने छन् ।

ग्रेड ए का नविन लामा सुरुवातमा अनसोल्ड भएका थिए । तर पछि तीन टोली चितवन, काठमाडौं र इलामले उनलाई रोजेका थिए । उनी गोलाप्रथाबाट इलाम पुगेका छन् । उनले न्यूनतम १ लाख ५० हजार पाउनेछन् ।

राम चन्द्रवजी (ग्रेड बी ) -धनगढी १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

गौरभ श्रेष्ठ (ग्रेड बी) – बुटवल लुम्बिनीले १ लाखमा किनेको छ ।

छिरिङ गुरुङ ( ग्रेड ए ) – छिरिङलाई किन्न अक्सनमा चितवन, इलाम, बुटवल र काठमाडौंबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट उच्चतम मूल्य ३ लाख ५० हजारमा चितवनमा पुगेका थिए ।

विक्की तामाङ (ग्रेड सी) – अनसोल्ड

चन्दन कुमार दास ( ग्रेड सी ) – पोखरा र बुटवलबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १ लाख ३० हजारमा बुटवलमा पुगेका थिए ।

विजय श्रेष्ठ( ग्रेड सी ) – न्यूनतम ८० हजारमा ललितपुरले किनेको छ ।

सुनिल घलान (ग्रेड सी) – अनसोल्ड ।

छिरिङ लामा (ग्रेड ए ) – झापाले १ लाख ५० हजार न्यूनतम मूल्यबाट सुरुवात गरेको थियो । तर लुम्बिनी थपिएपछि मूल्य बढेको थियो । २ लाख १० हजारमा उनी झापामा अनुबन्ध भएका छन् ।

मिडफिल्डर सुमित श्रेष्ठ ( ग्रेड बी ) – अक्सनमा झापा, बिरगंज, धनगढी, बुटवल र पोखराबीच कडा प्रतिस्पर्धा भएको थियो । १ लाख ५० हजारमा उनी गोलाप्रथाबाट झापामा पुगेका थिए ।

कृतिश रत्न छुन्जु (ग्रेड ए ) – काठमाडौं, धनगढी र लुम्बिनीले अक्सनमा मूल्य लगाएका थिए । गोलाप्रथाबाट धनगढीले ३ लाख ५० हजारमा किनेको छ ।

डिफेन्डर आशिष गुरुङ ( ग्रेड ए ) – काठमाडौं, झापा र बुटवलबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । तीन लाखपछि काठमाडौं र इलाम पनि अक्सनमा आएका थिए । पाँच टोलीको भिडन्तपछि उनले पनि ३ लाख ५० हजार प्राप्त गरेका थिए । गोला प्रथाबाट इलामले भित्र्याएको छ ।

डिफेन्डर प्रवेश कुँवर (ग्रेड बी ) – न्यूनतम मूल्य १ लाख राखेका उनलाई धनगढी र पोखराले किन्न अक्सनमा प्रतिस्पर्धा गरेका थिए । पछि ललितपुरले गोलाप्रथाबाट १ लाख ५० हजारमा जितेको हो । उनलाई कुल ४ टोलीले मूल्य लगाएका थिए ।

युवराज खड्का ( ग्रेड सी ) – विरगंजले न्यूनतम ८० हजारमा किनेको छ ।

गोल रक्षक विभष चौधरी (ग्रेड सी) – अनसोल्ड

श्रवण विक्रम सिंह बस्नेत (ग्रेड सी ) – न्यूनतम ८० हजारमा चितवनले किनेको छ ।

चेतनकुमार थारु (ग्रेड सी) – अनसोल्ड ।

विक्रम धिमाल (ग्रेड बी) – १ लाखमा चितवनमा बिक्री भएका छन् ।

डिफेन्डर जीवन गुरुङ (ग्रेड बी) – अनसोल्ड ।

फरवार्ड हरि कार्की ( ग्रेड सी) – अनसोल्ड ।

मिडफिलडर अनिल खड्का (ग्रेड सी) – अनसोल्ड ।

अभिषेक गुरुङ (ग्रेड सी) – अभिषेकलाई किन्न अक्सनमा दुई टोलीको प्रतिस्पर्धापछि उच्चमूल्य १ लाख ३० हजारमा धनगढीले गोलाप्रथाबाट जितेको छ ।

दीपेश गुरुङ (ग्रेड ए ) – दीपेशलाई किन्न इलाम र काठमाडौंबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य ३ लाख ५० हजारमा पुगेपछि गोला थुत्नु परेको थियो । गोलप्रथाबाट काठमाडौं पुगेका छन् ।

जिलेस्पीजंग कार्की ( ग्रेड ए) – अनसोल्ड ।

जितेन्द्र कार्की (ग्रेड बी) – जितेन्द्रलाई किन्न इलाम र बुटवलबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट उच्चतम मूल्य १ लाख ५० हजारमा इलामले किनेको छ ।

विराज महर्जन (ग्रेड ए )– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराजलाई इलामले न्यूनतम मूल्य १ लाख ५० हजारमा किनेको छ ।

दीपेश घले ( ग्रेड सी)– इलामले दीपेशलाई अन्तिम समयमा ८० हजारमा किनेको छ । न्यूनतम मूल्यमा भित्र्याएको हो ।
सलनम सोदेम्बा लिम्बु (ग्रेड बी) – अनसोल्ड ।

सेसेहाङ आङ्देम्बे (ग्रेड ए ) – राष्ट्रिय टोलीका मिडफिल्डर सेसेहाङलाई किन्न पाँच टोलीले अक्सनमा मूल्य लगाएका थिए । उच्चतम मूल्य ३ लाख ५० हजारमा गोला थुत्नु परेको थियो । काठमाडौं, इलाम, बुटवल, धनगढी र ललितपुरबीच प्रतिस्पर्धा भएको थियो । उनी गोला प्रथाबाट ललितपुर पुगेका छन् ।

डिफेन्डर सुदीप गुरुङ (ग्रेड ए) – सातदोबाटोका कप्तान सुदीपलाई धनगढीले सुरुवातमा मूल्य लगाएको थियो । त्यसपछि चितवन र धनगढीबीच प्रतिस्पर्धा भएको थियो । ३ लाखमा आएर काठमाडौंले बोली लगाएको थियो । तीन टोलीबीचको भिडन्तले उनी उच्चतम मूल्य ३ लाख ५० हजारमा पुगेका थिए । गोला प्रथामा बिरगंज पनि थपिएको थियो । सुदीप गोलाप्रथाबाट बिरगंजमै पुगे ।

अभिषेक चौलागाईं (ग्रेड सी ) – अनसोल्ड ।

बिशाल सुनार ( ग्रेड बी ) – झापाले र ललितपुरबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट ललितपुरले १ लाख ५० हजारमा भित्र्याएको छ ।

भरत खवास ( ग्रेड बी) – नेपाली फुटबल टोलीका स्टार खेलाडी भरत खवासले न्यूनतम मूल्य १ लाख राखेका थिए । उनलाई किन्न इलाम र पोखराबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १ लाख ५० हजारमा इलामले किनेको छ । गोलाप्रथाबाट भरत इलाम पुगेका हुन् ।

प्रेम बहादुर भण्डारी (ग्रेड बी) – अनसोल्ड ।

सुनिल तामाङ (ग्रेड सी ) – अनसोल्ड ।

पुष्कर खड्का – (ग्रेड सी) ( अनसोल्ड

सौरभ लिम्बु (ग्रेड बी) – सौरभ लिम्बुलाई इलामले १ लाख न्यूनतम मूल्यमा इलामले किनेको छ ।

सुशिल राई ( ग्रेड बी) ( अनसोल्ड ।

क्षितिज खड्का (ग्रेड सी ) – अनसोल्ड ।

हेमन्त श्रेष्ठ(ग्रेड सी) – धनगढीले न्यूनतम ८० हजारमा किनेको छ ।

डिफेन्डर सुरज बिष्ट (ग्रेड सी) – झापाले सुरजलाई ८० हजारमा मूल्य लगाएको थियो । तर धनगढी थपिएपछि मूल्य बढेको थियो । झापाले १ लाखमा उनलाई किनेको छ ।

बुद्धबल तामाङ(ग्रेड बी) – अनसोल्ड ।

मिन बहादुर धिमाल (ग्रेड सी) – अनसोल्ड ।

गोलरक्षक राजु योगी (ग्रेड बी) – अनसोल्ड ।

समिर राज थोकर ( ग्रेड सी ) – मिडफिल्डर समिरलाई किन्न झापा र लुम्बिनीबीच प्रतिपस्र्धा भएको थियो । अन्तिम समयमा चितवन थपिएको थियो । गोला प्रथाबाट उच्चतम मूल्य १ लाख ३० हजारमा झापाले पाएको थियो ।

रेजिन सुब्बा (ग्रेड बी ) – अनसोल्ड भएका छन् ।

रोशन पहारी (ग्रेड बी) – मिडफिल्डर रोशनलाई किन्न ललितपुर, पोखरा र झापाबीच प्रतिस्पर्धा भएको थियो । गोला प्रथाबाट ललितपुरले १ लाख ५० हजारमा किनेको छ ।

बिमल पाण्डे (ग्रेड बी) – ललितपुर र इलामबीच सुरुवातमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि धनगढी र झापा थपिएका थिए । उच्चतम मूल्य १ लाख ५० हजारमा इलामले किनेको छ । गोेलाप्रथाबाट टोलीमा भित्र्याएको हो ।

मौसम सुब्बा (ग्रेड बी) । मौसमलाई किन्न अक्सनमा काठमाडौं, धनगढी र ललितपुरबीच प्रतिस्पर्धा भएपछि १ लाख ५० हजार पाएका थिए । उनी गोला प्रथाबाट काठमाडौंमा पुगेका छन् ।

जेनिश प्रजापति (ग्रेड सी) (अनसोल्ड ।

देव लिम्बु (ग्रेड बी) – अनसोल्ड ।

गणेश हमाल (ग्रेड सी) -अनसोल्ड

निशान राना( ग्रेड सी ) – गोलरक्षक निशानलाई लुम्बिनीले न्यूनतम ८० हजारमा किनेको छ ।

उत्सव राई (ग्रेड ए) – चितवनले १ लाख ५० हजारमा किनेके छ ।

देवेन्द्र तामाङ (ग्रेड ए)– न्यूनतम मूल्य १ लाख ५० हजारमा धनगढीले किनेको छ ।

हेम तामाङ( ग्रेड बी) – १ लाख रुपैयाँमा चितवनमा अनुबन्ध भएका छन् ।

पासाङ लामा(ग्रेड बी) – अक्सनमा ६ टोली बिरगंज, बुटवल, चितवन, ललितपुर, पोखरा र इलामबीच प्रतिस्पर्धा भएपछि उनले १ लाख ५० हजार रुपैयाँ पाएका हुन् । गोलाप्रथाबाट बुटवलले किनेको हो ।

दिवाकर चौधरी(सी) – ग्रेड बिरगंज, चितवन, इलाम, धनगढी र बुटवलबीच अक्सनमा प्रतिस्पर्धा भएपछि उच्चतम मूल्य १ लाख ३० हजार पाएका थिए । उनलाई गोलाप्रथाबाट बिरगंजले किनेको हो ।

मिडफिल्डर बुद्धीमान राई (ग्रेड सी) – अनसोल्ड ।

सुशिल कुमार यादव (ग्रेड सी ) – उनलाई किन्न धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट काठमाडौंले १ लाख ३० हजारमा किनेको छ ।

सुशिल कुमार यादव (ग्रेड सी ) – उनलाई किन्न धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट काठमाडौंले १ लाख ३० हजारमा किनेको छ ।

विशाल बस्नेत (ग्रेड बी) अनसोल्ड ।

आषिश चापागाईं ( ग्रेड बी) – फरवार्ड आषिश चापागाईंलाई किन्न इलामले सुरुवातमा मूल्य लगाएको थियो । काठमाडौंले पनि मूल्य लगाएपछि उनले उच्चतम मूल्य १ लाख ५० हजार रुपैयाँ पाएका थिए । गोला प्रथाबाट इलामले जितेको छ ।

प्रकाश बुढाथोकी (ग्रेड ए) – न्यूनतम मूल्य १ लाख ५० हजार राखेका प्रकाश अनसोल्ड हुन पुगे ।

नविन लामा (ग्रेड ए) – न्यूनतम मूल्य १ लाख ५० हजार राखेका नविन लामा अनसोल्ड भए ।

फरवार्ड विनोद केसी (ग्रेड सी ) – न्यूनतम मूल्य ८० हजार राखेका विनोद अनसोल्ड भए ।

विजय भुजेल (ग्रेड बी) – अनसोल्ड ।

निराजन धामी (ग्रेड बी) – फरवार्ड धामीलाई किन्न इलाम र बुटवलबीच प्रतिस्पर्धा भएपछि उच्चतम मूल्य १ लाख ५० हजार पाएका छन् । गोलाप्रथाबाट बुटवलले अनुबन्ध गरेको छ ।

गोल रक्षक राजा बाबु थापा (ग्रेड बी) – झापा, ललितपुर र काठमाडौंबीच अक्सनमा प्रतिस्पर्धा भएपछि उनी उच्चतम मूल्य १ लाख ५० हजारमा पुगेका थिए । उनलाई गोलाप्रथाबाट काठमाडौंले पाएको छ ।

अजय चौधरी (ग्रेड सी) –अनसोल्ड ।

रोशन दाेंङ (ग्रेड सी ) अनसोल्ड ।

बिपिन कंडेल (ग्रेड बी) – मिडफिल्डर कंडेललाई कुनैपनि टोलीले किन्न इच्छा नदेखाएपछि अनसोल्ड भएका छन् ।

निरज चौधरी (ग्रेड बी) – निरज चौधरीलाई किन्न पोखरा र इलामबीच सुरुवातमा प्रतिस्पर्धा भएको थियो । मिडफिल्डर चौधरीलाई किन्न बुटवल, चितवन, ललितपुर, पोखरा र इलामबीच कडा प्रतिस्पर्धा भएपछि १ लाख ५० हजारमा पुगेका थिए । गोलाप्रथाबाट ललितपुरले किनेको छ ।

प्रशान्त अवस्थी ( ग्रेड बी) – मिडफिल्डर प्रशान्तलाई काठमाडौंले न्यूनतम मूल्य १ लाखमा किनेको छ ।

जय गुरुङ (ग्रेड बी) – मिडफिल्डर जय गुरुङलाई किन्न अक्सनमा पोखरा र बिरगंजबीच प्रतिस्पर्धा भएको । उच्चतम मूल्य १ लाख ५० हजारमा गोला प्रथाबाट उनी बिरगंज पुगेका थिए ।

फरवार्ड सन्जिब बिष्ट (ग्रेड ए ) – एनआरटीबाट घरेलु फुटबल खेल्ने सन्जिबले न्यूनतम मूल्य १ लाख ५० हजार राखेका थिए । उनलाई पोखराले एकल मूल्य लगाउँदै न्यूनतम मूल्यमा अनुबन्ध गर्यो । योसँगै पोखराले ए ग्रेडका तीनै खेलाडी किनेको छ ।

कमल बहादुर थापा ( ग्रेड सी ) – मिडफिल्डर कमललाई किन्न पोखरा र धनगढीबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट पोखराले अनुबन्ध गर्यो ।

सिमन्त थापा ( ग्रेड ए ) – न्यूनतम मूल्य १ लाख ५० हजार राखेका उनलाई अक्सनमा चितवन, बुटवल, बिरगंज, इलाम र काठमाडौं गरि पाँच टोलीबीच अक्सनमा प्रतिस्पर्धा गरेका थिए । उच्चतम मूल्य ३ लाख ५० हजारमा उनलाई गोला प्रथाबाट बिरगंज युनाइटेडले अनुबन्ध गर्यो ।

दीनेश हेन्जन (ग्रेड ए) – ललितपुर, चितवन, काठमाडौं, धनगढी र बुटवल गरि पाँच टोलीले अक्सनमा प्रतिस्पर्धा गरेका थिए । उच्चतम मूल्य ३ लाख ५० हजारमा पुगेपछि उनी गोलाप्रथाबाट ललितपुरमा पुगेका छन् ।

मनग्य नकर्मी (मिडफिल्डर) (ग्रेड सी) – बुटवल लुम्बिनीले उनलाई न्यूनतम ८० हजारमा किनेको छ ।

सुवास गुरुङ (ग्रेड ए ) – मिडफिल्डर उनलाई बिरगंज युनाइटेडले न्यूनतम मूल्य १ लाख ५० हजारमा किनेको छ ।

रवि शिलवाल (ग्रेड बी) – शंकटाबाट घरेलु फुटबल खेल्ने डिफेल्डर उनी अनसोल्ड भएका छन् ।

सुशान श्रेष्ठ (ग्रेड सी) – अनसोल्ड

सनिश श्रेष्ठ (ग्रेड ए ) – अक्सनमा सनिशलाई किन्न काठमाडौं, इलाम, बिरगंज, बुटवल, चितवन, ललितपुर, पोखरा र झापाबीच प्रतिस्पर्धा भएको थियो । ८ टोलीको भिडन्तपछि उनलाई ३ लाख ५० हजारमा ललितपुरले गोलाप्रथाबाट टोलीमा अनुबन्ध गरेको छ ।

डिफेन्डर बुद्ध तामाङ (ग्रेड बी) – उनी १ लाख रुपैयाँमा चितवनमा अनुबन्ध भएका छन् ।

गोलरक्षक टेकेन्द्र थापा (ग्रेड बी) – धनगढी एफसी र झापाबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १ लाख ५० हजारमा गोलाप्रथाबाट उनी धनगढीमा पुगेका छन् ।

डिफेन्डर बसन्त ओझा (ग्रेड सी ) – अनसोल्ड भएका छन् ।

डोना थापा (ग्रेड बी ) – मिडफिल्डर डोना थापा अनसोल्ड भएका छन् ।

सुशिल लामा ( ग्रेड बी) – सातदोबाटोबाट घरेलु फुटबल खेल्ने मिडफिल्डर सुशिल लामालाई बिरगंज युनाइटेडले न्यूनतम १ लाखमा अनुबन्ध गरेको छ ।

सुरज बस्नेत (ग्रेड सी ) – त्रिभुवन आर्मी क्लबका डिफेन्डर उनी इलाममा अनुबन्ध भएका छन् । अन्तिम समयमा इलामले किनेको थियो ।

खामिर गिल्सन कनदङग ( ग्रेड बी) – उनी एक लाख रुपैयाँमा काठमाडौंमा अनुबन्ध भएका छन् ।

सन्तोष महत (ग्रेड बी) – अक्सनमा इलाम र बुटवलबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १ लाख ५० हजारमा पुगेपछि उनी गोलाप्रथाबाट इलाम पुगेका छन् ।

लकेन लिम्बु ( ग्रेड ए ) – उनलाई किन्न सबै टोलीले अक्सनमा प्रतिस्पर्धा गरेका थिए । नौं टोलीले अक्सनमा प्रतिस्पर्धा गरेपछि उनी उच्चतम मूल्य ३ लाख ५० हजारमा पुगेका थिए । गोला प्रथामा झापा भाग्यमानि थानिएको थियो । मिडफिल्डर उनले थ्री स्टारबाट घरेलु फुटबल खेल्ने गर्दछन् ।

डिफेन्डर विपन श्रेष्ठ( ग्रेड सी) – न्यूनतम मूल्य ८० हजार राखेका विपन पनि अनसोल्ड भएका छन् ।

अभिषेक लिम्बु (ग्रेड बी) – न्यूनतम मूल्य १ लाख राखेका उनलाई कुनैपनि टोलीले मूल्य लगाएनन् ।

सुरज ज्यू ठकुरी (ग्रेड ए ) – पोखराले उनलाई १ लाख ५० हजार न्यूनतम मूल्यमा किनेको छ ।

हरिश राज भट्ट (ग्रेड सी) – बिरगंज युनाइटेडले न्यूनतम मूल्य ८० हजारमा किनेको छ ।

लक्ष्मण रुचाल ( ग्रेड बी) – मिडफिल्डर उनलाई किन्न तीन टोली बिरगंज, चितवन र झापाले अक्सनमा प्रतिस्पर्धा गरेका थिए । गोलाप्रथाबाट उनी झापा पुगेका छन् । १ लाख ५० हजार पाउनेछन् ।

अशोक थापा (ग्रेड बी) – बुटवल, बिरगंज, ललितपुर र चितवनबीच प्रतिस्पर्धा भएपछि उच्च मूल्य १ लाख ५० हजारमा पुगेका थिए । गोलाप्रथाबाट बुटवलले अनुबन्ध गरेकोछ ।

मिडफिल्डर उमेश राई (ग्रेड बी) – अनसोल्ड

डिफेन्डर कमल श्रेष्ठ (ग्रेड ए ) – धनगढीले उनलाई सुरुवातमा मूल्य लगाएको थियो । १ लाख ५० हजारमा उनी धनगढी पुगेका थिए । अन्य कुनैपनि टोलीले मूल्य लगाएनन् ।

मिडफिल्डर आशिष राई (ग्रेड सी) – इलामले उनलाई मूल्य लगाएको थियो । तर धनगढी, चितवन र इलाम अक्सनमा लडेपछि उच्चतम मूल्य १ लाख ३० हजार पाएका थिए । अन्तिम समयमा काठमाडौं पनि आएको थियो । गोलाप्रथाबाट इलामले पाएको थियो ।

डिफेन्डर अनिश तामाङ (ग्रेड सी) – अनसोल्ड

फरवार्ड सुनिल खड्का (ग्रेड बी ) – चितवन र बुटवलबीच अक्सनमा प्रतिस्पर्धा भएपछि उच्च मूल्य १ लाख ५० हजार पाएका थिए । उनलाई गोला प्रथामा बिरगंजले पनि नाम दिएको थियो । गोलाप्रथामा बिरगंजले जितेको थियो ।

रुपेश केसी (ग्रेड बी) –अनसोल्ड

डिफेन्डर मनोज राई (ग्रेड बी) – उनलाई अन्तिम समयमा बुटवल र धनगढीले प्रतिस्पर्धा गरेका थिए । उच्चतम मूल्य १ लाख ५० हजारमा उनलाई गोलाप्रथाबाट धनगढी जितेको थियो ।

मिडफिलडर विश्व लामा ( ग्रेड सी) – हिमालयन शेर्पाबाट ए डिभिजन लिग खेल्ने उनी अनसोल्ड भए ।

डिफेन्डर दीपेश धिमाल (ग्रेड सी)– अनसोल्ड

मिडफिल्डर अनिल महर्जन (ग्रेड बी) – ललितपुरले १ लाखमा अनुबन्ध गरेकोछ ।

डिपेन्डर रनदीप पौडेल (ग्रेड बी), बुटवल, धनगढी र बिरगंजबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १ लाख ५० हजारमा उनलाई गोलाप्रथाबाट धनगढीले पाएको छ ।

फरवार्ड सुशान्त चौधरी (ग्रेड सी) – अनसोल्ड ।

फरवार्ड सुरेश कुमाल (ग्रेड सी) – काठमाडौं र धनगढीबीच प्रतिस्पर्धा । उच्चतम मूल्य १ लाख ३० हजारमा गोलाप्रथाबाट धनगढीले अनुबन्ध गरेको छ ।

फरवार्ड नवयुग श्रेष्ठ (ग्रेड ए ) : अनसोल्ड उनलाई यदि पछि कुनै टोलीले किन्न चाहेको खण्डमा किन्न सक्नेछ । अव पछि किन्दा मूल्य पनि घट्नेछ ।

डिफेन्डर महेन्द्र कार्की (ग्रेड सी) – काठमाडौं र इलामबीच प्रतिस्पर्धा भएपछि उच्चतम मूल्य १ लाख ३० हजार पाएका थिए । गोलाप्रथाबाट काठमाडौंले पाएको थियो ।

मिडफिल्डर आदित्य शाक्य (ग्रेड बी) – पोखराले सुरुवात गर्दा ललितपुरले प्रतिस्पर्धा गरेको थियो । उच्चतम मूल्य १ लाख ५० हजारमा पुगेपछि ललितपुरले गोलाप्रथाबाट जितेको थियो ।

गोल रक्षक आशिष मुक्तान (ग्रेड सी) – अनसोल्ड ।

फरवार्ड मिलन राई (ग्रेड सी) – धनगढी एफसीले न्यूनतम मूल्य ८० हजारमा किनेको छ ।

पदम कुमार तामाङ (ग्रेड बी) – पोखराले १ लाखमा अनुबन्ध गरेको छ ।

डिफेन्डर अमित तामाङ (ग्रेड बी) – काठमाडौंमा न्यूनतम मूल्य १ लाखमा अनुबन्ध भएका छन् ।

डिफेन्डर अन्जन राई (ग्रेड ए ) – अनसोल्ड ।

डिफेन्डर मान बहादुर परियार ( ग्रेड सी) –अनसोल्ड ।

डिफेन्डर सन्तोष हेमरम (ग्रेड बी) – अनसोल्ड

रोशन रानामगर (ग्रेड बी) – इलाम, काठमाडौं, पोखरा, ललितपुर, चितवन र धनगढीबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट चितवनले १ लाख ५० हजारमा अनुबन्ध गरेको छ ।

मिडफिल्डर मणि कुमार लामा (ग्रेड ए) – बुटवलले न्यूनतम मूल्य १ लाख ५० हजारमा किनेको छ ।

मिडफिल्डर सुदीप श्रेष्ठ (ग्रेड बी) – झापाले १ लाखमा किनेको छ ।

डिफेन्डर दिवास उराउ (ग्रेड बी) – अनसोल्ड ।

मिडफिल्डर जोर्डन पुन मगर (ग्रेड सी ) – अनसोल्ड

डिफेन्डर अशोक खवास (ग्रेड बी) – उनलाई किन्न काठमाडौं, धनगढी र झापाबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट झापाले १ लाख ५० हजारमा पाएको छ ।

डिफेन्डर सन्जित राई, ग्रेड सी – धनगढी, इलाम, झापा र ललितपुरबीच अक्सनमा प्रतिस्पर्धा भएको । उच्चतम मूल्य १ लाख ३० हजारमा गोला प्रथाबाट ललितपुरले किनेको छ ।

डिफेन्डर सन्जित राई, ग्रेड सी – धनगढी, इलाम, झापा र ललितपुरबीच अक्सनमा प्रतिस्पर्धा भएको । उच्चतम मूल्य १ लाख ३० हजारमा गोला प्रथाबाट ललितपुरले किनेको छ ।

फरवार्ड राजिव लोप्चन ग्रेड बी – काठमाडौंले १ लाख ४० हजजारमा किनेको छ ।

मिडफिल्डर प्रताप गुरुङ ग्रेड सी – अनसोल्ड ।

मिडफिल्डर सन्नी ब्यञ्जनकार ग्रेड सी – अनसोल्ड ।

डिफेन्डर अन्जल महर्जनले ग्रेड ए मा नाममा दर्ता गराएका थिए । उनलाई पोखराले न्यूनतम मूल्य १ लाख ५० हजारमा किनेको छ ।

डिफेन्डर आदित्य चौधरीले ग्रेड बीमा नाम दर्ता गराएका थिए । आदित्य अनसोल्ड भए ।

मिडफिल्डर सन्तोष खत्री ले ग्रेड बी मा नाम दर्ता गरएका थिए । उनलाई ललितपुर, झापा, चितवन, इलाम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । गोला प्रथाबाट इलामले १ लाख ५० हजारमा किनेको हो ।

एक टोलीले ए ग्रेडका बढीमा तीन खेलाडी किन्न पाउँछन् । बी ग्रेडका खेलाडी ६ वा ७ खेलाडी किन्न पाइन्छ । सी ग्रेडको एक टोलीले ४ जना अनुबन्ध गर्न पाउँछन् ।

मिडफिल्डर योगेश गुरुङले ग्रेड बीमा नाम दर्ता गराएका थिए । उनलाई इलाम, झापा र ललितपुरबीच कडा प्रतिस्पर्धा भएको थियो । गोला प्रथाबाट झापाले किनेको छ । उनले उच्चतम मूल्य १ लाख ५० हजार पाउनेछन् ।

डिफेन्डर सरोज तामाङले ग्रेड बी मा नाम दर्ता गराएका थिए । उनलाई बुटवलले न्यूनतम मूल्य १ लाखमा किनेको छ ।

गोलकिपर समित श्रेष्ठले ग्रेड सी मा नाम दर्ता गराएका थिए । उनलाई किन्न इलाम र ललितपुरबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट इलामले १ लाख ३० हजार मूल्यमा अनुबन्ध गरेको छ । इलामले पहिलो खेलाडीको रुपमा उनलाई किनेको हो ।

विकाश लामा आले मिडफिल्डर उनले सी ग्रेडमा नाम दर्ता भएपनि अनसोल्ड भए ।

मोहित गुरुङ ग्रेड बीका उनी पनि अनसोल्ड भएका छन् ।

सबिन खड्का(डिफेन्डर) ग्रेड बी – अनसोल्ड भएका छन् ।

नरेन्द्र चौधरी (डिफेन्डर), ग्रेड सी ः पोखरा र बिरगंजबीच प्रतिस्पर्धा भएको थियो । गोला प्रथाबाट पोखराले उच्चतम मूल्य १ लाख ३० हजारमा अनुबन्ध गरेको छ ।

प्रशान्त लक्सन लिम्बु : यू१९ टोलीका मिडफिल्डर उनलाई सी ग्रेडमा किन्न इलाम, धनगढीसहित पाँच टोलीबीच प्रतिस्पर्धा भएको थियो । झापाले गोला प्रथाबाट झापाले १ लाख ३० हजारमा अनुबन्ध गरेको छ ।

राजेश परियार : फरवार्ड उनले ग्रेड सी मा नाम दर्ता गराएका थिए । उनलाई किन्न दुई टोलीबीच प्रतिस्पर्धा हुँदा चितवनले गोलाप्रथाबाट किनेको थियो । उनले १ लाख ३० हजार पाउनेछन् ।

करण रावत –डिफिल्डेर ( ग्रेड सी ः ललितपुरले ८० हजारमा अनुबन्ध भएका छन् ।

जियारथ शेख गोलकिपर उनले ग्रेड सी मा मूल्य राखेका थिए । यू१९ टोलीका कप्तान उनलाई किन्न पाँच टोलीबीच प्रतिस्पर्धा भएको थियो । काठमाडौंले गोलाप्रथाबाट १ लाख ३० हजारम किनेको थियो ।

श्यामु मुगु ग्रेड सी का उनी अनसोल्ड भएका छन् ।

पदम भट्टराई – ग्रेड बी : पोखरा थन्डरले १ लाख रुपैयाँमा किनेको छ ।

अनिल राई (मिडफिल्डर) ग्रेड सी : ललितपुरले न्यूनतम मूल्य ८० हजारमा किनेको छ ।

निशान लिम्बु(फरवार्ड) ग्रेड बी – धनगढीलाई किन्न ललितपुर र धनगढीबीच प्रतिस्पर्धा भएको थियो । धनगढीले १ लाख ४० हजारमा किनेको छ ।

प्रदीप भण्डारी (गोलकिपर), ग्रेड सी – काठमाडौं र चितवनबीच प्रतिस्पर्धा । गोला प्रथाबाट चितवनले उच्चतम मूल्य १ लाख ३० हजारमा किनेको छ ।

रेम्बो कुमार चौधरी – गोलकिपर, ग्रेड सी । अनसोल्ड ।

अनिश पुन लिम्बु ( ग्रेड सी, मिडफिल्डर । पोखराले न्यूनतम मूल्य ८० हजारमा किनेको छ ।

विवेक गुरुङ – ग्रेड बी, डिफेन्डर उनी अनसोल्ड भएका छन् ।

भरत चौधरी, ग्रेड सी, डिफेन्डर । झापा र पोखराबीच प्रतिस्पर्धा । भरतलाई गोला प्रथाबाट उच्चतम मूल्य १ लाख ३० हजारमा झापामा पुगेका छन् ।

एकराज बुढाथोकी, ग्रेड बी, डिफेन्डर । काठमाडौं, इलाम, चितवन, पोखरा र ललितपुरबीच प्रतिस्पर्धा । चितवनले गोला प्रथाबाट १ लाख ५० हजारमा किनेको छ ।

जन्मजय धामी, ग्रेड सी : पोखरा र बुटवलबीच प्रतिस्पर्धा । उच्चमूल्य १ लाख ३० हजारमा गोला प्रथाबाट लुम्बिनीले अनुबन्ध गरेको छ ।

आशिष श्रेष्ठ, ग्रेड सी, डिफेन्डर । अनसोल्ड ।

विवेक पौडेल, ग्रेड बी : धनगढी, बुटवल, पोखरा, इलाम ललितपुरबीच प्रतिस्पर्धा भएको थियो । गोला प्रथाबाट ललितपुरले उच्चतम मूल्य १ लाख ५० हजारमा किनेको छ ।

साइमन लिम्बु, ग्रेड बी : मिडफिल्डर, इलाम र धनगढीबीच प्रतिस्पर्धा । धनगढीले १ लाख ५० हजारमा किनेको थियो ।

जीवन गुरुङ, डिफेन्डर ग्रेड बी : अनसोल्ड ।

दीपेश आले मगर, ग्रेड बी : पोखरा र बुटवलबीच प्रतिस्पर्धा भएको थियो । १ लाख ४० हजारमा पोखराले किनेको छ ।
प्रदीप लामालाई गोला प्रथाबाट उच्चतम मूल्य झापाले १ लाख ५० हजारमा किनेको छ ।

बिषन गुरुङलाई गोला प्रथाबाट बिरगंज युनाइडेटले उच्चतम मूल्य १ लाख ५० हजार मूल्यमा किनेको छ ।

अन्जल श्रेष्ठ, ब्री ग्रेडका अनसोल्ड

-अनिस देउवा, १ लाख ५० हजारमा झापामा बिक्री

-सुरज गुरुङ, विरगंजले ८० हजारमा किनेको छ ।

-कुलदीप कार्कीलाई किन्न काठमाडौं, झापा, पोखरा, बिरगंजबीच प्रतिस्पर्धा भएको थियो । गोला प्रथाबाट काठमाडौंले किनेको थियो ।

-पुजन होना गोलकिपर ग्रेड बी का खेलाडी उनलाई पोखरा र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । चिट्ठाबाट पोखराले किनेको थियो । उनले मूल्य १ लाख ५० हजार पाउनेछन् ।

-असिम भुषाल, ग्रेड बी का डिफेन्डरलाई ललितपुर, बुटवल र काठमाडौं बीच प्रतिस्पर्धा भएपछि चिट्ठाबाट बुटवलले जितेको थियो । उनले १ लाख ५० हजार पाउनेछन् ।

-मान बहादुर राना मगर ग्रेड सी का खेलाडी उनलाई कुनैपनि टोलीले किनेनन् । सुरुवातमा उनी अनसोल्ड भएका छन् ।

-डिफेन्डर अमृत श्रेठ ग्रेड बी का खेलाडीलाई किन्न ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । उनलाई चिट्ठामार्फत एफसी चितवनले किनेको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.