default_image

2 years ago

September 30, 2023

यु १९ गोलकिपर जियारथका लागि कडा प्रतिस्पर्धा

5300 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यु–१९ राष्ट्रिय टोलीका कप्तान जियारथ शेखले आउँदो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेजर्सबाट खेल्ने भएका छन् ।

काठमाडौंमा जारी अक्सनमा उनलाई काठमाडौँले किनेको छ । जियारथले आफूलाई ग्रेड सि मा राखेका थिए । ८० हजार रुपैयाँ बाट सुरु भएको उनको लिलामीमा ललितपुर, काठमाडौं, झापा, धनगढी र वीरगन्जले प्रतिस्पर्धा गरेका थिए ।

सि ग्रेड खेलाडीको उच्चतम मूल्य १ लाख ३० हजार पुगेपछि उनको लागि गोलाप्रथा गर्दा उनी साविक विजेता काठमाडौंमा अनुबन्ध भएका हुन्। काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपमा उनले नेपालको कप्तानी गरेका थिए ।

नेपाल भारतसँग टाईब्रेकरमा पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो । जियारथ गत सिजन सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्धित थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.