2 years ago
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्की जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा विस लिस्टबाट विक्री भएका छन् ।

पहिलो चरणको अक्सनमा विक्री नभएका विस लिस्टबाट नवयुग चितवन एफसी जिलेस्पीले बुटवल लुम्बिनी एफसीमा परेका छन् । नवयुगका लागि चितवन र बुटवलबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै जिलेस्पीका लागि लुम्बिनी र काठमाडौं रेजर्सबीच गोलाप्रथा भएको थियो ।
नवयुग र जिलेस्पी दुबै ए ग्रेडमा रहेका खेलाडी हुन् । ए ग्रेडको न्युनत्तम मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । नवयुग र जिलेस्पी दुवै त्रिभुवन आर्मी क्लबका फरवार्ड हुन् । अक्सनमा दुबैलाई एनएसएलका ९ टोलीमध्ये कुनै पनि किन्न चाहेनन् ।

नवयुग एनएसएलको पहिलो संस्करणमा पोखरा थन्डर्समा आबद्ध थिए । जिलेस्पीको भने यो पहिलो एनएसएल हो । राष्ट्रिय टोलीबाट ५० खेल खेलिसकेका नवयुगले ८ गोल गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]