default_image

2 years ago

September 30, 2023

साफ यु १९ फाइनल- पहिलो हाफमा बराबर

594 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपमा भारत र पाकिस्तानबीचको उपाधिका भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । दुई पटकको विजेता भारतलाई दशरथ रंगशालामा जारी फाइनलमा पाकिस्तानले कडा चुनौती दिइरहेको छ ।

सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउदै उपाधि भिडन्त तय गरेका हुन्।

भारतले समूह चरणमा बंगलादेश माथि ३–० जित हासिल गरेको थियो भने भुटानलाई २–१ ले हराएको थियो । पाकिस्तानले भने पहिलो खेलमा घरेलु टोली नेपाललाई १–० ले हराउँदा दोस्रो खेलमा भने माल्दिभ्स सँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो । भारत भने दुई पटकको विजेता हो । भारत र नेपालले समान २ यो उमेर समूहको साफ उपाधि जितेका छन् । भारतसँग आज जित निकाल्दै नेपाल भन्दा अगाडि जाने अवसर रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.