default_image

2 years ago

September 30, 2023

एनएसएल अक्सन – १० खेलाडी अधिकत्म मुल्यमा विक्री

4436 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए । जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए ।

ती २७ मध्ये १० खेलाडी अधिकत्म मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन् । १० मध्ये पनि राष्ट्रिय फुटबल टोली तथा थ्री स्टारका मिडफिल्डर लाकेन लिम्बुमा सर्वाधिक क्लबको चासो रहेको थियो । उनलाई एनएसएलमा सहभागी सबै ९ क्लबले किन्न चाहेका थिए । गोलाप्रथामा उनी झापा एफसीमा पुगे ।

राष्ट्रिय टोलीका अर्का खेलाडी सनिश श्रेष्ठलाई धनगढी एफसी बाहेक ८ टोलीले लिन चाहेका थिए । गोलाप्रथामा उनी ललितपुर सिटी एफसीमा परे । अधिकत्म मुल्यमा ललितपुर ३ खेलाडी प्राप्त गर्दा अन्य ७ टोलीको भागमा समान १ खेलाडी परे । गोलप्रथामा बुटवललाई अधिकत्म मुल्यका खेलाडी परेन ।

अक्सनमा ए,बी,सी ग्रेडमा खेलाडी छुटइएको थियो । ए ग्रेडका खेलाडीको न्यूनतम मुल्य १ लाख ५० हजार थियो । त्यस्तै बी ग्रेडका खेलाडीको मुल्य न्युनत्तम १ लाख रुपैयाँ देखि उच्चतम १ लाख ५० हजार रुपैयाँ रहेको थियो । त्यस्तै सी ग्रेडका खेलाडीको मुल्य न्युनत्तम ८० हजार र अधिकत्म १ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

मंसिर ८ गतेबाट सुरु हुने यसपटकको एनएसलमा ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर सिटी एफसीले सहभागिता नजनाउने भएपछि पहिलो संस्करणमा खेलेका ६ र नयाँ ३ सहित ९ टोलीले यो संस्करण खेल्नेछन् । प्रत्येक टोलीले अक्सन बाहेक छ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने छन्। त्यसमध्ये एक पटकमा बढीमा ५ खेलाडी मैदानमा उत्रिने पाउने छन्।

पहिलो संस्करणका काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स सहित ३ नयाँ टोली झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलामले दोस्रो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अधिकत्म मुल्यमा विक्री भएका १० खेलाडी

सेसेहाङ आङदेम्बे- ललितपुर सिटी एफसी

दिनेश हेन्जन- ललितपुर सिटी एफसी

सनीश श्रेष्ठ- ललितपुर सिटी एफसी

सीमान्त थापा- विरगन्ज युनाइटेड एफसी

लाकेन लिम्बु- झापा एफसी

कृतिस रत्न छुन्जु- धनगढी एफसी

आशिष गुरुङ- स्पोर्टिङ्ग इलाम डे मेची

सुदिप गुरुङ- विरगन्ज युनाइटेड एफसी

छिरिङ गुरुङ- एफसी चितवन

दिपेश गुरुङ- काठमाडौं रेजर्स

मार्की खेलाडीहरु

काठमाडौं – हिसुब थपलिया

ललितपुर- अनन्त तामाङ

चितवन- विशाल श्रेष्ठ

धनगढी- आशिष चौधरी

बुटवल- एरिक विष्ट

पोखरा- आयुष घलान

झापा – अन्जन विष्ट

इलाम- विकेश कुथु

वीरगन्ज – दिप कार्की

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.