default_image

2 years ago

September 30, 2023

आर्सनलको सहज जित

484 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनलले बर्नमाउथ माथि सानदार जित हासिल गरेको छ । तालिकाको दोस्रो स्थानमा उक्लिने क्रममा आर्सनलले ४–० जित हासिल गरेको हो ।

आर्सनलका लागि बुकायो साका, मार्टिन ओडेगार्ड, काई हाभर्टजले र बेन व्हाइटले समान एक गोल गरे। साकाले खेलको १७औं मिनेटमा अग्रता दिलाएका थिए । जिससको प्रहार पोस्टमा लागेर फर्किएपछि उनले रिबाउन्डमा गोल गरेका थिए। त्यसपछिको दुई गोल आर्सनलले पेनाल्टी मार्फत गर्यो।

४३औं मिनेटमा एनकेटियामाथि भएको फाउलले गर्दा पाएको पेनाल्टीमा ओडेगार्डले गोल गरेका थिए । ५३औं मिनेटमा आर्सनलले अर्को पेनाल्टी पायो । ओडेगार्डमाथि फाउल हुँदा हाभर्टजले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो सिजनको पहिलो गोल गरे ।

यस्तै खेलको अन्तिमतिर ओडेगार्डको पासमा बेन व्हाइटले गोल गर्दै जितको अन्तर चारमा पुर्याए । जित पछि आर्सनलको ७ खेलमा १७ अंक भएको छ । पराजित बर्नमाउथ ७ खेलमा मात्र ३ बराबरी सहित १८औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.