default_image

2 years ago

October 1, 2023

एनएसएल अक्सनमा १ सय २० खेलाडी विक्री, को कता?

1176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शनिबार भएको अक्सनबाट १ सय २० खेलाडीको क्लब टुंगो लागेको छ।

अक्सनमा ए, बि र सी श्रेणीमा विभाजित गरि १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए। त्यसमध्ये ५८ खेलाडी भने विक्री भएनन्।

ए ग्रेडका खेलाडीको न्यूनतम मुल्य १ लाख ५० हजार र अधिकतम ३ लाख ५० हजार रुपैयाँ थियो । त्यस्तै बी ग्रेडका खेलाडीको मुल्य न्युनत्तम १ लाख रुपैयाँ देखि उच्चतम १ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै सी ग्रेडका खेलाडीको मुल्य न्युनत्तम ८० हजार र अधिकत्म १ लाख ३० हजार रुपैयाँ रहेको थियो । ग्रेड एमा २७ खेलाडी थिए। त्यसमध्ये १० खेलाडी अधिकतम ३ लाख ५० हजार रुपैयाँमा बिक्री भए ।

मंसिर ८ गतेबाट सुरु हुने यसपटकको एनएसलमा ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर सिटी एफसीले सहभागिता नजनाउने भएपछि पहिलो संस्करणमा खेलेका ६ र नयाँ ३ सहित ९ टोलीले यो संस्करण खेल्नेछन् । ९ टोलीले शुक्रबारसम्म मार्की खेलाडी चिनिसकेका थिए।

प्रत्येक टोलीले अक्सन बाहेक ६ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने छन्। त्यसमध्ये एक पटकमा बढीमा ५ खेलाडी मैदानमा उत्रिने पाउने छन्।

पहिलो संस्करणका काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स सहित ३ नयाँ टोली झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलामले दोस्रो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
मार्की र अक्सनबाट तयार भएको ९ टोली

विरगन्ज युनाइटेड एफसीः दिप कार्की (मार्की), सुरज गुरुङ, भिसन गुरुङ, शत्रुघन कुमार चौधरी, सुनिल खड्का, हरिशराज भट्ट, सुशील लामा, सुवास गुरुङ, सिमान्त थापा, जय गुरुङ, दिवाकर चौधरी, सुदीप गुरुङ, युवराज खड्का, दिपेंक राज सिंह ।

एफसी चितवन– विशाल श्रेष्ठ (मार्की), अमृत श्रेष्ठ, एकराज बुढाथोकी, प्रदीप भण्डारी, राजेश परियार, रोशन राना मगर, बुद्ध तामाङ, हेम तामाङ, उत्सव राई, विक्रम धिमाल, शरण विक्रम सिंह बस्नेत, छिरिङ गुरुङ, नवयुग श्रेष्ठ, पुस्कर खड्का ।

धनगढी एफसी– आशिष चौधरी (मार्की), साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु, रामचन्द्र वाजी ।

काठमाडौं रेजर्स एफसी– हिसुब थपलिया (मार्की), कुलदीप कार्की, जियारथ शेख, राजीव लोप्चन, अमित तामाङ, महेन्द्र कार्की, खमिर गिल्सन, प्रशान्त अवस्थी, राजाबाबु थापा, सुशील कुमार यादव, रोहन खड्गी, मौसम सुब्बा, दिपेश गुरुङ, अन्जन राई, अभिषेक बराल।

ललितपुर सिटी एफसी– अनन्त तामाङ (मार्की), विवेक पौडेल, अनिल राई, करन रावत, सञ्जित राई, आदित्य शाक्य, अनिल महर्जन, सनिश श्रेष्ठ, दिनेश हेञ्जन, निरज चौधरी, रोशन पहारी, विशाल सुनार, सेसेहाङ आङ्देम्बे, प्रवेश कुँवर, विजय श्रेष्ठ।

स्पोर्टिंग इलाम डे मेची- विकेश कुथु (मार्की), समित श्रेष्ठ, सन्तोष खत्री, आशिष राई, सन्तोष महत, सुरोज बस्नेत, आशिष चापागाई, विमल पाण्डे, सौरभ लिम्बु, भरत खवास, दिपेश घले, विराज महर्जन, जितेन्द्र कार्की, आशिष गुरुङ, नविन लामा।

पोखरा थन्डर्स – आयुष घलान (मार्की), पुजन होना, दिपेश आले मगर, अनिश पोमु लिम्बु, पदम भट्टराई, नरेन्द्र चौधरी, अन्जल महर्जन, पदमकुमार तामाङ, सुरज जिउ ठकुरी, कमलबहादुर थापा, सञ्जीव विष्ट, सुनिल घलान, जिवन गुरुङ, विपन कँडेल।

झापा एफसी -अञ्जन विष्ट (मार्की), अनिश देउला, प्रदिप लामा, भरत चौधरी, प्रशान्त लक्सम लिम्बु, योगेश गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, लक्ष्मण रुचाल, लाकेन लिम्बु, समिराज थोकर, सुरज विष्ट, छिरिङ लामा, सुमित श्रेष्ठ।

बुटवल लुम्बिनी एफसी– अरिक विष्ट (मार्की), असिम भुसाल, जन्मजय धामी, सरोज तामाङ, मणि कुमार लामा, अशोक थापा, मनग्य नकर्मी, निराजन धामी, पासाङ लामा, निशान राणा, चन्दनकुमार दास, गौरव श्रेष्ठ, जिलेस्पी जंग कार्की, प्रकाश बुढाथोकी।

अधिकतम मुल्यमा विक्री भएका १० खेलाडी

सेसेहाङ आङदेम्बे- ललितपुर सिटी एफसी

दिनेश हेन्जन- ललितपुर सिटी एफसी

सनीश श्रेष्ठ- ललितपुर सिटी एफसी

सीमान्त थापा- विरगन्ज युनाइटेड एफसी

लाकेन लिम्बु- झापा एफसी

कृतिस रत्न छुन्जु- धनगढी एफसी

आशिष गुरुङ- स्पोर्टिङ्ग इलाम डे मेची

सुदिप गुरुङ- विरगन्ज युनाइटेड एफसी

छिरिङ गुरुङ- एफसी चितवन

दिपेश गुरुङ- काठमाडौं रेजर्स

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.